लोसपाका क्षेत्रिय अध्यक्ष, निर्वाचित दुई वडाअध्यक्ष सहित करिब २०० काग्रेस प्रबेश

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । लोकतान्त्रिक समाजवादी पार्टी बारा क्षेत्र ना २ का अध्यक्ष तथा गढिमाई मन्दिर सञ्चालक तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साह , वडाअध्यक्षहरु सहित २०० भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काग्रेस बाराका जिल्ला सभापति राजेश राय यादबले फुलमाला टीका लगाई पार्टी प्रवेश गराएका छन ।

   कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति यादबले तपाईहरुलाई ईज्जत र सम्मानमा कही कमी नहुने बताउदै आउदै गरेको स्थानीय निकायको निर्वाचनमा आआफनो ठाउबाट पार्टीको उम्मेदबारलाई जिताएर पार्टीको काममा खटिन उनले आग्रह गरे ।

   पार्टी कार्यालय कलैयामा आयोजित कार्यक्रममा निर्बाचित दुई वडा अध्यक्ष सहित प्रबेश गरेका उनीहरुलाई काङ्ग्रेसमा स्वागत गर्दै सभापति यादबले नेपाली काग्रेस पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताउनु भयो । काग्रेस प्रबेश गर्ने वडाअध्यक्षहरुमा माओवादीबाट निर्वाचित वडा नं. ४ का वडाअध्यक्ष कृष्ण मुरारी यादब , फोरमबाट वडा नं. ५ मा बिजयी भएका वडाअध्यक्ष गजेन्द्र्र जैसवाल , २ नं. वडाका वडा अध्यक्षका प्रत्यासी ४ मतले पराजित बिश्वनाथ कुश्वाहा , माओवादीबाट ११ नं. का वडाअध्यक्ष अरबिन्द बैठा महागढीमाई नगर अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाह, नगर उपाध्यक्ष हरेन्द्र कुशवाह, जिल्ला सदस्य भुनेस्वरकुमार पास्वान, लोसपाका नेताहरु रबिन्द्र कुशवाह, रामनिवास कुशवाह, वीरकुमार साह, प्रभु कुशवाह, उमेश साह सहित राप्रपाका नेता जहिर अन्सारी, माओबादी केन्द्रका नेता रामपुकार कुशवाहलाई पार्टी प्रवेश प्रबेश गरे ।

    नेपाली काग्रेस महागढीमाई नगरका नगर सभापति भुलेन्द्र यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ४ ख का क्षेत्रिय सभापति लुकेश सिंह , पुर्व मन्त्री कलावती पासवान, नव प्रबेशी रामचन्द्र साह, कृष्ण मुरारी यादब, बिश्वनाथ कुश्वाहा, अरबिन्द बैठा लगायतले काग्रेस प्रबेश गर्नुको कारण बारे मन्तब्य ब्यप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content