बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनका लागि बारा जिल्लाको सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समिति बाराको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको छ ।

प्रमुख जिल्ला निर्वाचन अधिकृत खिलनाथ रेग्मिले कार्यालयको एक समारोहका बिच उदघाटन गरेका हुन । उक्त अवसरमा जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरी, राजनितीक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content