काठमाडौं । अखिल नेपाल फुटबल संघ बारामा अध्यक्षमा रामचन्द्र लामाको नेतृत्वमा १८ सदस्यीय जिल्ला समिति चयन गरेको हो । संघको विहिवार कलैयामा सम्पन्न छैठौं अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको समितिको बरिष्ठ उपाध्यक्षमा राजकिशोर धामी चयन भएका छन् भने उपाध्यक्षको जिम्मेवारीमा खुशी चौधरी र घनश्याम चौधरीलाई चयन गरिएको छ । अधिवेशनले जिल्ला समितिको महासचिवमा उदय श्रेष्ठ, सचिव विनोद प्रसाद साह र कोषाध्यक्ष विनोद गुप्तालाई सर्वसम्मत् चयन गरेको छ ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा महमद समिउल्लाह, कृष्णमणी चौधरी, दुर्गाबहादुर थापा, शम्भुसिंह ठकुरी, सन्तबहादुर वाईवा, मनोजकुमार जयसवाल, भोलाप्रसाद ढुंगाना, दीपेन्द्र लामा मोक्तान, निरज कुमर, दीपलाल प्रसाद साह, सोममाया रुम्बालाई चयन गरिएको छ । शनिबार उद्घाटन भएको साधारणसभा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछी स्थगित भएको थियो ।
बिहिबार सम्पन्न साधारणसभाले नव गठित कार्यसमितिका अध्यक्ष रामचन्द्र लामा र पुर्व अध्यक्ष मोहम्मद समिउल्लाहलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत चयन गरेको छ ।
अघिल्लो कार्यकाल एन्फा बाराको उपाध्यक्षको रुपमा रहनुभएका अध्यक्ष लामा जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक नवजनजागृति युवा क्लव सिमरा बाराका अध्यक्ष र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ मा निर्वाचित वडासदस्य हुन् ।