१२ वर्षपछि सिमरामा यती एयरलाइन्सको नियमित उडान,एकतर्फी प्रमोशनल भाडा दुई हजार आठ सय

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं / यती एयरलाइन्सले १२ वर्षपछि यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसर पारेर यस्तो घोषणा गरेको हो । यतिले नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको हो।

सन् २००८ सम्म यतिले सेवा दिदै आएपनि विविध कारणले रोकेको थियो । अहिले काठमाडौँ(सिमरा उडान भर्न लागेको हो । सिमरा यतीको नवौ उडान गन्तव्य हो।

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए। ‘सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्न लागिएको बताए । यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९।०० बजे र साँझ ४।४५ बजे काठमाडौँदेखि उडान भर्दैछ। काठमाडौँ-सिमरा एकतर्फी प्रमोशनल भाडा दुई हजार आठ सय निर्धारण गरेका छौँ,’ उनले भने ।

शेयर
प्रतिक्रिया
Skip to content