कांग्रेस र माओवादी केन्द्रबीच निजगढमा चुनावी तालमेल सदस्यको विवादका कारण अन्यौल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 956 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच निजगढमा चुनावी तालमेल सदस्यको विवादका कारण नबन्ने अबस्थामा पुगेको छ ।

वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न पटक पटक बसेको दुई दलको छिनोफानो नभएका कारण गठबन्धनका अन्य दलहरुसग पनि सहमति अन्यौल बनेको छ । माओवादी केन्द्रीले कुल २६ सदस्य दावी गरेको र नेपाली काग्रेसले २२ भन्दा बढी दिन नसक्ने भएपछि तालमेल नहुने अबस्थामा पुगेको हो ।

यस अघि उपमेयर सहित चार वडाअध्यक्ष दिने गरी सहमति गरेका दुई दलले सदस्यमा टस मस नहुने अबस्थामा काग्रेसले तालमेल नगर्ने एक्लै प्रतिस्पर्धा गर्न दबाब रहेकाले आज अन्तिम पटक छलफल गर्ने र त्यस अनुसार अघि बढदा एक्लै निर्वाचनमा जान पनि काग्रेस तयार रहेको निजगढ नगर सभापति नबराज तिमल्सिनाले बताए । तालमेल राम्रो र जित सुनिश्चित गर्नलाई भएपनि २२ सदस्य बढ्ने गरी काग्रेस जान नसक्ने तिमल्सिनाले बताए ।

कांग्रेसका एक नेताका अनुसार माओवादीले २, ३, ६ र ७ नंम्बर वडा माग गरेकोले सबै बिषयमा सहमति भए सोही अनुसार तालमेल हुने र आज हुने छलफलमा सदस्यमा सहमति नभए काग्रेसले एकल निर्वाचनमा जाने बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content