निजगढ । निर्वाचन आयोगले दुई दिन उम्मेदवारी दर्ता गर्न पाउने प्राबधान गरेपछि ठुला दलका कुनैपनि उम्मेदबारले आज पहिलो दिन उम्मेदबारी दिएनन । नेकपा एमाले, नेपाली काग्रेस लगायतका ठुला दलले आज यो समचार तयार पार्दा समेत कसलाई टिकट दिने भन्ने निर्णय गर्न नसकेका कारण आज उम्मेदबारी नपरेको हो ।
निजगढका निर्वाचन अधिकृत शम्भु प्रसाद बरालका अनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ता भइरहेकोमा केही केही दल र स्वतन्त्रमा उम्मेदवारी परेको बताएका छन । महत्वपुर्ण पार्टीहरुको भने उम्मेदबारी परेको छैन । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको कारणपनि दलहरुले आजै राती उम्मेदबार फाईनल गर्ने चर्चा छ । निजगढ मात्र नभएर प्रमुख दलका उम्मेदबारहरुले बारामा कतैपनि उम्मेदवारी दर्ता नगरेको नेता कार्यकर्ताले बताएका छन् ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्य तालिकामा छ । वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिका छ ।