निजगढ । निजगढ नगरपालिकाको मेयर पदमा आज पहिलो दिन एउटै वडाका दुई जनाको मेयर पदमा उम्मेदबारी परेको छ । निजगढ ९ निवासी गीता मैनालीले पहिलो उम्मेदवारी दर्ता गराएकी छन् । त्यसै गरी निजगढ नगरपालिकाको मेयर पदमै सोही वडाका शंकर कुमार चिमरीयाले दोश्रोमा उम्मेदवारी दर्ता गराएका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवारी दर्ता गराएकी मैनाली स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए । काठमाण्डौं बसेर लामो समय गोरखापत्र दैनिकमा काम गर्नुभएकी मैनाली उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा मैनालीले निजगढ मेयर पदको उम्मेदवार बन्नु भएको हो ।
त्यसैगरी चिमरीयाले सि पि मैनाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी(लेनिनवाद) नेकपा मालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन । दुवै दलले उपमेयरमा भने उम्मेदबारी दर्ता गराएका छैनन ।