निजगढ । निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा दुई जनाले स्वतन्त्र वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र उम्मेदवार सुरेश प्रसाद सञ्जेल र रामहरी खरेलले स्वतन्त्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सञ्जेल र खरेलले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार चन्द्र लाल तमाङले निजगढ नगरपालिकाको वडा नम्बर ११ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।