निजगढमा सुरेश कुमार खनाल, सिम्रौनगढमा बिजयशंकर यादब पुन नगरप्रमुखमा दोहोरिने, बैठक चल्दै

तराइ संचार
तराइ संचार 944 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जनकपुर । पार्टीका तर्फबाट स्थानीय निकायको निर्वाचनमा कसलाई उम्मेदबार बनाउने बारे छलफल गर्न नेपाली काग्रेस मधेश प्रदेश समितिको दिउसो १२ बजेदेखि जनकपुरमा भएको बैठक यो समचार तयार पार्दा समेत अझै सम्पन्न हुन सकेको छैन ।

पाटीका तर्फबाट बनाउने उम्मेदबार छनौट गर्न नसकेपछि बैठक लम्बिएको हो । बैठकमा सह महामन्त्रीहरु महेन्द्र यादब, फरमुला मंसुर, उमाकान्त चौधरी, केन्द्रिय सदस्य रमेश रिजाल, आनन्द ढुङगाना, बिमलेन्द्र निधि लगायत प्रदेश समिति र जिल्ला सभापतिहरु १२ बजे देखि बैठकमा बसेपनि उम्मेदबार छान्न नसकेको हो ।

शुरुमा पदाधिकारीको मात्र बैठक भएको र अहिले केन्द्रिय सदस्यहरु सहित समितिको बैठक बसी रहेपनि नेपाली काग्रेस प्रदेश समितिले कसलाई उम्मेदबार बनाउने निर्णय गरी सकेको छैन । केही ठाउमा सहमति भई सकेपनि एकै पटक सार्वजनिक गर्न सार्वजनिक गरिएको छैन । अझैसम्म सार्वजनिक भने गरेको छैन ।

तीन दिन देखि प्रदेश समितिको बैठक हुदै आएपनि निजगढ लगायतका स्थानमा उम्मेदवार बारे पदाधिकारीहरुले निजगढमा सुरेश खनाल, सिम्रौनगढमा बिजयशंकर यादब लगायतको नाम निर्णय गरी सकेको बताएपनि सार्बजनिक भने भएको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content