निजगढ । कृषी बिकास बैक मोबाईल बैंकिङ मार्फत धेरै कारोबार गर्न सफल बाराको निजगढ –९ निवासी दिनेश अधिकारीले लक्की ड्र मार्फत करिब ४० हजार बराबरको मोबाईल जित्न सफल भएका छन् । कृषी बिकास बैक निजगढ शाखाका उनी प्रदेशका चार जिल्लाबाट एम आई नोट ११ पुरस्कार पाउन सफल भएका छन् ।
कृषी बिकास बैक मोबाईल बैंकिङ मार्फत क्यु आर पेमेन्ट गर्दा धेरै रकम कारोबार गर्नेहरु मध्ये हरेक महिना तीन जनालाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत अधिकारीले चैत्र महिनामा यो पुरस्कार रकम पाउन सकेका हुन ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि कृषी बिकास बैक लि. प्रदेश कार्यालय बिरगन्जका प्रदेश प्रमुख नारायण प्रसाद आचार्यले मोबाईल प्रदान गरेर सो सम्मान गर्नु भएको हो । डिजिटल वैकिङ मुख्य कार्यालय काठमाण्डौ मार्फत विनिता नेपाल, श्रुति कोईराला, निजगढ शाखाका प्रमुख दिपक श्रेष्ठ लगायतको रोहबरमा एक कार्यक्रम गरी बितरण गर्नु भएको हो ।
कृषीमा धेरै लगानी गर्दै आएको छ– प्रदेश प्रमुख आचार्य
कृषी विकास वैक मार्फत क्यु आर पेमेन्ट गरौं, मोबाईल लक्की ड्र मार्फत लिऔ भन्ने नाराका साथ कृषि विकास बैकले डिजिटल लगायतका सबै बैकिङ सुबिधा प्रवाह गरी रहेको प्रमुख अतिथि आचार्यले बताए । उनले केही समय सबै बैकहरुमा क्रृण प्रवाह गर्न नसक्ने भएर तरलता उत्पन्न भएपनि चाडै हटेर समाधान हुने आशा समेत ब्यप्त गरे । आचार्यले कृषी क्षेत्रमा कृषी बिकास बैक लिमिटेडले धेरै लगानी गर्दै आएको समेत बताउनु भएको छ ।