निजगढमा एमालेबाट सुरथ पुरी र काग्रेस–माओवादी गठबन्धनबाट सुरेश खनाल सहित वडाअध्यक्ष नामावली

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । स्थानीय निर्वाचनमा निकै चर्चामा रहेको बाराको निजगढ नेकपा एमाले र काग्रेस –मओवादी गठबन्धनबिच तिव्र प्रतिस्पर्धा हुने भएको छ । एमालेबाट निजगढ नगर कमिटी का अध्यक्ष सुरथ पुरी र नेपाली काग्रेसका सुरेश खनालकाबिच मेयर पदमा तिब्र प्रतिस्पर्धा हुने भएको हो ।

यद्यपी काग्रेस माओवादीको भागवण्डामा अझै सहमति भई सकेको छैन । यो समचार तयार गर्दा सम्म दुवै पक्ष वार्तामा बसी रहेका छन् । सदस्यमा सहमति नभए दुवै दलले आआफनो उम्मेदबार सबै पदमा उठाउने छन् । त्यसैगरी उपमेयरमा एमालेकी मुना थिङ र काग्रेस –मओवादी गठबन्धनका रविराज दङालबिच प्रतिस्पर्धा हुने भएको हो ।

एमाले जिल्ला कमिटीले सोमबार मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाए पनि नाम सार्वजनिक भने भएको छैन । एमालेमा उम्मेदबार चयनप्रति तिब्र असन्तुष्टी रहेकोले धेरै पदहरुमा बागी उम्मेदबार आउने चर्चा छ । त्यसैगरी काग्रेसमा पनि धेरै उम्मेदबार भएका कारण वडाअध्यक्ष चयन प्रकियाप्रति तिब्र असन्तुष्टी रहेको छ ।

एमालेबाट मेयरमा पुरीसहित उपमेयर लिलादेवी लामिछाने खनाल, यमबहादुर खड्का नारायण, अम्बिका प्रसाद चौलागाइ, एकबहादुर श्रेष्ठ, दिलबहादुर लामा आकाक्षी भएर नगरले सिफारिस गरेको थियो । काग्रेसमा भने पुन नगरप्रमुख खनाल सहित, पेमा लामा, महेशी कुवर आकाक्षी थिए ।

त्यस्तै उपमेयरमा एमालेमा थिङसहित दुर्गा कोइराला, अन्जु नेपाली, सर्मिला केसी, मिरा पोखरेल, शोभा राउत, सरिता सापकोटा, सरिता राई, तिलक घलान र गणेश लामाको नाम सिफारिस भएको थियो । काग्रेसबाट उसा थापा मगर लगायतका थिए । यी प्रमुख दलहरुले उम्मेदबारी आजै दिउसो २ बजेपछि गर्ने जनाएका छन ।

कोल्हबी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट नेपाली काङ्ग्रेसको राम प्रसाद चौधरीले मेयरको टिकट पाउनुभएको छ । सिम्रौनगढमा बिजयशंकर यादब  निर्णय गरी सकेको छ ।

काग्रेस –माओवादी गठबन्धन र एमालेबाट को को वने निजगढ वडाअध्यक्षको सम्भावित उम्मेदबार नामावली सहित

शेयर
प्रतिक्रिया
Skip to content