काग्रेसमा टिकट नपाएपछि राप्रपाबाट वडाअध्यक्ष बने राउत, मुख्य दलको उम्मेदबारी अझै आएन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 723 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ वडा नं. ६ को वडा अध्यक्ष पदमा नेपाली काग्रेसबाट सिफारिस भएका लिला बहादुर राउत केशवले राप्रपाबाट उम्मेदबारी दर्ता गरेका छन् । काग्रेस माओवादी गठबन्धन हुदा ६ नम्बरमा पार्टीले मओवादीलाई दिएपछि राउत काग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका हुन । ६ नं.मा धनमाया लामालाई माओवादीले उम्मेदबार बनाएको छ । ४ मा बिसन सापकोटा, ३ खड्ग बहादुर लामा र ७ मा मोहन डिसीलाई मओवादीले वडाअध्यक्षमा उम्मेदबार बनाएको छ । ६ मा एमालेका उम्मेदबार घनश्याम तिमल्सिना छन । एमालेमा कुश बहादुर थापा लगायतकाहरु उम्मेदबार चयनमा असन्तुष्ठि छ । ६ नम्बर सहित धेरै ठाउमा एमाले र काग्रेस दुवैको स्वतन्त्र उम्मेदवार खडा हुने क्रम बढेपछि कसले हार्छ र कसले जित्छ भन्न अन्यौल बनेको छ । मुख्य दुवै दलमा उम्मेदबार चयनमा असन्तुष्ठि बढदा साना पार्टीले अबसर हात पार्ने अबसर बढेको छ । वडा नं. ४ मा नेकपा एमालेका उम्मेदबार जयराम कुवरको बागी उम्मेदबार भएर स्वतन्त्र उम्मेदवार सुदर्शन कुमार लामिछानेले निजगढ नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामिछानेले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निजगढ वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार लामिछानेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

यसैगरी निजगढ नगरपालिकाको मेयर पदमा राजेन्द्र लिग्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट राप्रपाकी सावित्रीदेवि भारती र उपमेयरमा बासुदेव तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा भारती र उपमेयरमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरी उन्नत लोकतन्त्र पार्टी नेपालका तर्फबाट पुरुषोत्तम अधिकारीले उपमेयरमा उम्मेदबारी दिएका छन् । निजगढमा मेयर पदमा यस अघि दुई जनाको उम्मेदबारी परेको थियो ।
मुख्य प्रतिस्पर्धा रहेका नेपाली काग्रेस र एमालेले भने यो समचार तयार पार्दा समेत उम्मेदबारी दर्ता गरेको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content