निजगढमा काग्रेस र एमालेका असन्तुष्टहरु उम्मेदवारहरु बागी बन्दै

तराइ संचार
तराइ संचार 1.7k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

निजगढ । निजगढमा बागी उमेदवार दर्ता गराउने क्रम बढदै गएको छ । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा सिफारिस भएका वडा नंम्बर ९ का प्रदिप कुमार उप्रेतीले स्वतन्त्र उम्मेदबारी दर्ता गराएका छन् । पार्टीका तर्फबाट टिकट नपाउने भएपछि उनी स्वतन्त्र उम्मेदबारी दिएका हुन । सामुदायिक बनका अध्यक्ष समेत रहेका उप्रेतिले अध्यक्षमा मात्र एकल उम्मेदबारी दर्ता गराएका हुन । यस अघि नेपाली काग्रेसकै वडा नं.४ का वडाअध्यक्षका उम्मेदबार कैलास खड्काले स्वतन्त्र उम्मेदबारी दिएका थिए । यडा नं ४ बाटै नेकपा एमालेका उम्मेदबार जयराम कुवरको बागी उम्मेदबार भएर स्वतन्त्र उम्मेदवार सुदर्शन कुमार लामिछानेले निजगढ नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै नेपाली कांग्रसबाट वडा अध्यक्षमा सिफारिस भएका लिला बहादुर राउत केशवले निजगढ वडा नं. ६ को वडा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदबारी दर्ता गरेका छन् । गठबन्धनका कारण वडा नम्बर ६ मओवादीलाई दिएपछि राउतले कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका हुन । धनमाया लामालाई माओवादीले वडा नम्बर ६ मा उम्मेदबार बनाएको छ । यस्तै नेपाली कांग्रसका रामहरी खरेलले निजगढ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

निजगढका धेरै ठाउमा एमाले र कांग्रेस दुवैको स्वतन्त्र उम्मेदवार खडा हुने क्रम बढ्दै गएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content