निजगढ । निजगढ नगरप्रमुखमा नेकपा एमालेका प्रभावशाली नेता एक बहादुर श्रेष्ठको उम्मेदबारीले एमालेमा टाउको दुखाईको बिषय बनेको छ । निजगढका पुर्व गाबिस अध्यक्ष समेत रहेका एक बहादुर श्रेष्ठ एमालेका चर्चित नेता भएपनि टिकट बितरणमा अन्याय गरेको भन्दै उम्मेदबारी परेपछि एमालेको टाउको दुखाई बनेको हो । जिल्ला सदस्य भई सकेका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सकृय छन । काग्रेस र माओवादी गठबन्धन बनेको अबस्थामा एक बहादुर श्रेष्ठको उम्मेदबारीले गठबन्धनलाई सहयोग पुग्ने आकलन हुन थालेको छ । उम्मेदबारी फिर्तासम्म श्रेष्ठको उम्मेदबारी कायम रहन्छ की फिर्ता हुन्छ सबैलाई चासोको बिषय बनेको छ । नेकपा एमालेबाट एमाले निजगढ नगर समितिका अध्यक्ष सुरथ पुरी नगरप्रमुखमा उम्मेदबारी दिएका छन् ।