पार्टी र केन्द्र प्रदेश सरकारबाट लडेरपनि प्रतिबद्धता पुरा गर्न सक्छु – नगरप्रमुख खनाल

तराइ संचार
तराइ संचार 2.1k - पाठक संख्या
7 मिनेट पढ्न लाग्ने समय

लोभ र विपक्षीहरुलाई कहिल्यै विभेद गरिन – नगरप्रमुख खनाल

मधेश प्रदेशमै स्थानीय तहहरुमा उत्कष्ट काम गरेको आधारमा होस वा अन्र्तराष्ट्रिय विमानस्थल र दु्रतमार्गका कारण चर्चामा रहने गरेको छ निजगढ नगरपालिका । स्मार्ट सिट निजगढको योजना र निजगढको बृहत्तर विकासका लागि ल्याएका बिकासको रण्नितिक भावी योजना र जनतासगको प्रतिबद्धता अनुरुपका बाँकी कामका लागि फेरी काग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाएर पुनः नगरप्रमुखमा उम्मेदबारी दिएका नेपाली काग्रेसका नेता निजगढ नगरपालिकाका नगरप्रमुख निजगढ ९ निवासी सुरेश कुमार खनालसग तराई सञ्चार न्युजका लागि गुरु प्रसाद गौतमले लिनु भएको कुराकानी

तपाईको कार्यकालमा भएको उपलब्धी के लाई मान्नु हुन्छ ?

– मैले मेरो चार बर्ष ६ महिनाको कार्यकालमा दुई बर्ष त कोरोनाका कारण समस्या भयो । केही समय बुझन लाग्यो भने कर्मचारी नहुदा एक बर्ष बढी समस्या राम्रोसग काम नै गर्न पाईएन । ती सबै समस्याका बाबाजुत ५ वडाध्यक्ष सहितको अल्पमतमा रहेर सबैको भावनालाई समेटेर हिड्दा सोजे जस्तो काम गर्न सकिएन । तरपनि यी सबैकोबिच प्रदेशमै राम्रो काम गरेको छु । शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, खानेपानी, सामाजिक, भौतिक विकास, कृषी, नदी नियन्त्रण लगायत सबै क्षेत्रमा तीन किसिमको योजना बनाई अघि बढेको छु । तत्काल गर्नुपर्नेलाई कामलाई पहिलो प्राथमिकता बनाई तत्कालिन योजनाकारुपमा काम भएको छ । यसको प्रगती आउन थालेको छ । अल्पकालिन र दिर्घकालिन योजनाको प्रगती आउन समय लाग्छ । यी सबै काम योजनामा ढाल्ने काम भएको यसलाई देखिने गरी गर्न छोटो समयमा सम्भव हुने कुरा भएन । पाईप लाईनमा छन । नगरपालिकाको भवन सहित सबै वडा कार्यालय आफनै कार्यकालमा सम्पन्न गर्ने लक्ष्य पुरा हुने चरणमा रहेको छ ।

सडक निर्माण – पिसिसि ढलान र पिच गरी करिब एक सय किलोमिटर सडक बाटो निर्माण भएको छ । ग्रेभल, नाला, सरसफाई लगायतका काम पनि त्यतिकैरुपमा भएका छन् ।

नदी नियन्त्रण– तीन किसीमको योजना बनाई काम भएको छ । ३५–४० खहरे खोलाको नियन्त्रण गर्ने काम भएको छ ।

पर्यटन विकासमा निजगढमा भएका प्राकृतिक, धार्मिक लगायतको पर्यटन विकासमा जोड दिईएको छ । शहिद हिरालाल पार्क, गणेशमान स्मृती पार्क, जीपलाईनको डिपीआर तयार गरी बनाउने काम अघि बढेको छ । बौद्ध बिद्यालय सहित धार्मिक पर्यटनलाई बढाउने काम भएको छ । यसले आन्तरिक र भारतीय पर्यटक तान्ने काम भएको छ ।

शिक्षा–पहिले भन्दा २७ सामुदायिक बिद्यालयमा भवन पुर्वाधार गर्ने काम भई रहेको छ । प्राविधिक शिक्षामा जोड दिईएको छ । अनिवार्य अग्रेजी माध्यम लागु गरिएको छ । जनप्रतिनिधि लगायत कर्मचारीका परिवारहरुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने लगायत शिक्षामा मुख्य केन्द्रित भएर काम गरेका कारण अहिले निजी बिद्यालय भन्दा सामुदायिक बिद्यालयमा चाप छ ।

स्वास्थ्य क्षेत्रमा आठ वटा वडामा आधारभुत स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा शुरु भएको छ । स्वास्थ्य क्षेत्रमा पिछडिएको रतनपुरीका जनतालाई सुबिधा सम्पन्न बनाउन ल्याब, भिडियो एक्सरे, बर्थिङ सेन्टर सहित १०, ११ र १२ वडा रतनपुरी क्षेत्रको जनतालाई रोगबाट मर्न नदिन उच्च प्राथमिकता दिईएको छ । सबै सुबिधा छ । रतनपुरी स्वास्थ्य चौकीको स्तर उन्नती गर्ने काम भएको छ । सुत्केरी महिला, हेलो आमा, उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम , १५ शैयाको अस्पताल निर्माण, तिलगगा आखा अस्पतालको आखा अस्पताल शुरु भएको छ ।

कृषी ः किसानको सबै समस्या समाधान गर्न कृषी कार्ड बनाउने र क्रृण देखि बिउ विजन लगायत बितरणको काम भएको छ । जैविक मल लगायत पशुपालनमा जोड दिईएको छ । हरेक वडामा प्राबिधिकहरुको परिचालन भएको छ । सिचाईको ब्यबस्था भएको छ । सबै ठाउमा सिचाई पुराईएको छ । किसानको समस्या पहिचानका लागि माग गर्ने अन्र्तक्रिया गर्ने काम भएको छ । कृषि यान्त्रिककिकरणमा जोड दिईएको छ । केरामा बिमा गरिएको छ । स्टोरको काम शुरु भएको छ । सामुदायिक बन मार्फत पशुपालनको आहारमा जोड दिईएको छ ।

भुमी ब्यबस्थापनको काम अघि बढेको छ । सुकुम्बासीको पहिचान गरी विवादित बाहेकको पुर्जा बितरण हुदैछ । सुशासन, सेवा, सुबिधा, प्रबिधि मैत्रीले जनताको काम छिटो छरितो गर्न प्रयास भएको छ । निजगढको आम्दानी एक करोड थिएन अहिले झण्डै बार्षिक ३० करोड पुराईएको छ ।

घोषणा पत्र अनुसार काम भएको छ ?

बसपार्क, रिङरोड, औधोगिक क्षेत्र निर्माण, सोलार प्लान्टका गुरुयोजना अनुसार काम भई रहेको छ । निजगढ नगरपालिकाले ५२ वटा ऐन कानुन बनाएका छौ । भ्रष्टचारमुक्त बनाउने गरी काम गरेको छु । जनतालाई सेवा सुबिधा पाएको छु भन्ने लागेको छ । स्मार्ट सिटी निमार्ण लगायतको काम अघि बढेको छ । सोही मापदण्ड अनुसार काम अघि बढाएको छ र बाकी कामका योजना तयार भई कार्वान्वयन प्रकृयामा छन । त्यसका लागि पनि केही गरेर देखाउन मेरो फेरी उम्मेदबारी दिएको हु । कामको रिपोटिङ हुन नसक्दा सही तथ्याङक आउन नसकेका कारण पुरस्कार पाउन नसकेको मात्र हो । प्रदेशमा हामी अगाडी छौ ।

अल्पमतमा रहेर काम गर्दा परेका समस्या के हो

नेतृत्व गर्नेले ईमान्दारीता र सही काममा सबैले सहयोग गर्नु पर्छ र त्यही अनुसार म सही बाटोमा हिडेका कारण पनि सबैको सहयोग रहेको छ । उहाँहरुको सहयोग नभएको भए यत्तिको काम हुन सक्ने थिएन । मैले लोभ गरेको भए, विपक्षी भनेर विभेद गरेको भए समस्या हुन्थ्यौ होला । दुवै मैले गरिन । उहाँहरुको सहयोग रहयो ।

तपाईलाई पार्टीबाटै सहयोग भएन नी

२५ प्रतिशत लिएर बसेको काग्रेस र ७५ प्रतिशत लिएर बसेको एमाले भएका कारण कार्यकर्ताहरुको सोजे जस्तो काम गर्न सकिएन होला । समग्र काम र पार्टीलाई घाटा हुने कुनै काम गरेको छैन । नेता हुनेले समस्याबाट भाग्नु हुदैन । रिस्क लिए मात्र नेता भईन्छ । पार्टी र नगरपालिकाबिचमा सम्बन्ध बनाउन खोजेकै हो ।

नेपाली काग्रेसले नेतृत्व स्थानीय सरकारको मुल्याङकन कस्तो छ

सबै स्थानीय तहमा नेपाली काग्रेसले नेतृत्वले गरेको स्थानीय सरकारको काम विवादरहित रहेको छ । अपवाद केही हुन सक्छन तर समग्रमा राम्रो छ ।

फेरी उम्मेदबार बन्नु भएको छ के भन्नु हुन्छ ।

मैले अल्पमतमा रहेर कस्तो काम गरे जनताको आखामा छ । मेरो फेरी उम्मेदबारी भनेको समग्र निजगढको एकिकृत विकासकै लागि हो । कोरोना, कर्मचारी अभाब र विधि कारण पुरा समय काम गर्न पाईन । स्मार्टसिट निर्माण र निजगढ विकासका धेरै पाईपलाईनमा रहेको योजनाहरु सम्पन्न गर्न यो कार्यकालले सकिन त्यसैले एक पटक अन्तिम पटक जितेर निजगढको मुहार फेर्ने सपना छ । फेरी पनि आउने सरकार नेपाली काग्रेसकै सरकार बन्ने निश्ति छ त्यसैले पनि म मेरो पार्टी र केन्द्र प्रदेश सरकारबाट लडेरपनि मेरो सपना पुरा गर्न सक्छ भन्ने लागेर पुनः आएको हु । जनताले बिश्वास गरे गरेर देखाउछु । एक नम्बर बनेर देखाउछु ।

शेयर
प्रतिक्रिया
Skip to content