निजगढ नगरपालिकामा नेकपा एमालेका बिरुद्ध तीन पार्टीको गठबन्धन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकामा नेकपा एमालेका बिरुद्ध तीन पार्टीको गठबन्धन बनेको छ । नेकपा एकिकृत समाजवादी पार्टीले भागवण्डा नमिलेका कारण नगरप्रमुख पदमा उम्मेदबारी दिएको थियो । उम्मेदबारी फिर्ता लिने समयभित्र नेकपा एकिकृत समाजवादी पार्टीले नगरप्रमुखका उम्मेदबार दिनेश शर्माको उम्मेदवारी फिर्ता गरेर काग्रेस–माआवादी केन्द्रका उम्मेदबार सुरेश खनाललाई समर्थन गरेपछि तिन पार्टीको गठबन्धन बनेको हो । नेकपा एकिकृत समाजवादी पार्टीका नगर अध्यक्ष भिमसेन सापकोटाले सामाजिक सञ्जालमा गठबन्धनका नगरप्रमुखका उम्मेदबार सुरेश कुमार खनाललाई समर्थन गरेको जानकारी दिएका छन् ।


सो कुराको शनिबार काग्रेस – माआवादी केन्द्रको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि पुनः नगरप्रमुखका उम्मेदबार खनालले नेकपा एकिकृत समाजवादी पार्टीका नगर अध्यक्ष भिमसेन सापकोटा लगायत सो पार्टीलाई धन्यवाद दिदै आफु निर्वाचित भएपछि सहयोग गर्नेहरुप्रति होस वा भोट दिने नदिने सबै कसै प्रति पनि भेदभाव नगर्ने बताउनु भयो । हिजो प्रतिपक्षलाई मिलाएर हिडेको मैलै भोली आफुसग बसेको र गठबन्धन भएका साथीहरुलाई मिलाउदिन भन्ने कुरा अलिकति पनि नराख्न उनले आग्रह गरे ।

मैले जिते निजगढको मुहार फेरेर देखाउछु । मेरा अलपत्र परेका योजना केन्द्र र प्रदेशबाट समेत बजेट ल्याएर सम्पन्न गर्न अब बन्ने गठबन्धनकै सरकार हुने र काग्रेसनै सरकारको नेतृत्व गर्ने हुदा सबैभन्दा बढी निजगढको विकास आफुले गर्न सक्ने उनले बताए । आफु बिजयी भए आफु काग्रेस भएपनि सबै जनता मेरै भन्ने ठानेर भोट दिने नदिने सबैलाई काम गर्ने उनले बताए । म एउटा पार्टीबाट लडेर जितेपनि रकम निजगढको जनता गनेर आउने भएकाले सबैलाई एउटै ब्यबहार गर्नुपर्ने उनले बताए ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता खनालले गठबन्धनको निर्णय अनुसार सबैलाई मत हाल्न आग्रह गर्नु भयो । उनले निर्वाचन प्रतिगमनका बिरुद्ध भएको गठबन्धन अहिलेको आवश्यकता भएकोले लामो समय जाने भएकोले एक भएर जानुको विकल्प नभएको बताए ।

पार्टी र केन्द्र प्रदेश सरकारबाट लडेरपनि प्रतिबद्धता पुरा गर्न सक्छु – नगरप्रमुख खनाल

कार्यक्रममा निजगढ नगरका उपप्रमुख पदका उम्मेदबार माओवादी केन्द्रका प्रदेश सदस्य रविराज दङालले निजगढको बास्तविक देखिने गरी विकास गठबन्धनका उम्मेदबारले मात्र गर्न सक्ने भएकाले मत दिन आग्रह गरे । उनले शुरेश खनाल र रविराज दङाल पात्र मात्र भएपनि भोली पार्टी हारे , गठबन्धन हारे सबैलाई अफठेरो पर्ने भएकोले बाहिर बसेका दुवै दलका नेताहरुले सोच्नुपर्ने बताए । उनले निर्वाचनमा धेरै उम्मेदबार पार्टीका तर्फबाट हुने भएपनि कि आफुले टिकट ल्याउन सक्नु परयो हैन भने जसले टिकट ल्याउछ उसैलाई सहयोग गरे फेरी भोली उसलेपनि सहयोग पाउने बताए ।

नेपाली काग्रेसका नगर सभापति नवराज तिमल्सिनाको अध्यक्षतामा र माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दङालको सह अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता एवम सिनेकर्मी युवराज लामाले गठबन्धन आबश्यकताले भएकोले यता उति कतै नगरी गठबन्धनमा मत हाल्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा काग्रेस प्रदेश सदस्य मनमाया तामाङ, मओवादी केन्द्रका बेनी बहादुर मोक्तान, काग्रेस नगर उपसभापति ज्ञान बहादुर गोले, काग्रेस नेता पासाङ लामा लगायतले मन्तब्य ब्यप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content