निजगढ सहित तीन पालिकामा प्रमुख उपप्रमुख पदको उम्मेदवारी फिर्ता

तराइ संचार
तराइ संचार 602 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । बाराको जीतपुरसिमरामा प्रमुख पदमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन । सत्तारुढ गठबन्धनमा रहेका राष्टिय जनमोर्चा र जनता समाजवादी पार्टीका तर्फबाट एक–एक र स्वतन्त्र एक गरी तीन जनाले उम्मेदवारी फिर्ता लिएको जीतपुर सिमराका निर्वाचन अधिकृत टीकामणी न्यौपानेले जानकारी दिए ।

यसै गरी उपप्रमुख पदमा उम्मेदवारी दिएका देवी आचार्य र चित्रलेखा चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । आचार्य राष्ट्रिय जनमोर्चा र चौधरी जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए ।

कलैया उपमहानगरमा भने एक जना स्वतन्त्र उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका ईनर दासले उम्मेदवारी फिर्ता लिएका हुन ।

त्यसैगरी निजगढ नगरपालिकामा एक नगरप्रमुख सहित ६ जना वडाअध्यक्ष सहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन । फिर्ता लिनेमा नगरप्रमुखमा नेकपा समाजवादीका उम्मेदबार दिनेश शर्मा रहेका छन् । त्यसैगरी वडाअध्यक्षहरुमा वडा नं. २ का स्वतन्त्र उम्मेदबार देवेन्द्र बहादुर पुलामी , ४ का स्वतन्त्र उम्मेदबार कैलास खड्का , ४ कै स्वतन्त्र उम्मेदबार सुदर्शन कुमार लामिछाने , ५ स्वतन्त्र उम्मेदबार कृष्णराज गिरी, ९ का स्वतन्त्र उम्मेदबार प्रदिप कुमार उप्रेती , १३ का स्वतन्त्र उम्मेदबार सोमलाल गोले रहेका छन् । सदस्यहरुमा ४ का धमेन्द्र प्रसाद साह, रोहित चौधरी, बिनश कुमारी कुवर रहेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content