बारा । नेपाली काँग्रेसका जिल्ला सभापति एवम पाँच दलिय गठबन्धनका सम्योजक समेत रहेका कलैया उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशराय यादवले नेपाली काग्रेसका पक्षमा जनलहर रहेकोले फेरी पनि काग्रेसकै सरकार बन्ने बताउनु भएको छ ।
नेकपा एमालेको तानाशाही तानाशाही प्रवृतिका कारण बनेको पाँच दलीय गठबन्धन स्थानीय निकायको निर्वाचनमा सफल भएकोले आउदो संसदको निर्वाचनमा पनि हुने बताउनु भयो । संघ सरकार आफनो नभएका कारण विगतमा सोचेजति काम गर्न नसकेपनि कसैलाई भेदभाव नगरेको र आफुले अघि बढाएको काम सम्पन्न गर्न र कलैयाको विकासका लागि एक पटक फेरी मत दिएर जिताउन आग्रह गरे ।
कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्तपुरमा गठबन्धनको चुनावी सभालाई आईतवार सम्बोधन गर्दै मेयरका उम्मेदवार यादवले लोकतन्त्रलाई मजबुत गर्न, बिधीको शासन कायम गराउन, भष्टाचारलाई नियन्त्रण गर्नका लागि नेपाली काँग्रेस लागी परेको बताउदै नगरमा सुलभ शिक्षा, स्वच्छ खानेपानीको व्यवस्था, बाटोघाटो, स्मार्ट सिटी खेलकुट मैदान, ठाँउ ठाँउमा पार्क, पुल पुलेसा, मठ मस्जिद, निर्माण, हरिया भरिया उपमहानगर बनाउनका लागि बृहत योजना सहित आफु अघि बढेको बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य एवम गठबन्धनका तर्फबाट जसपाका नेता एवम उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले झुटको खेती गर्ने ओलीतन्त्रको अन्त नभए सम्म मुलुकमा दिगो शान्ति, सुशासन, कायम नहुने बताउनु भयो ।
उपप्रमुखका उम्मेदबार गुप्ताले प्रतिगमनलाई परास्त गर्नका लागि पनि गठबन्धनलाई जिताउन सबैलाई आग्रह समेत गरे । लोकतान्त्रिक मुल्य मान्यता समेतलाई खिल्ली उडाउदै केपी आलीको सरकारले राज्यलाई बिनास तर्फ धकल्ने काम गरेको बताए । चुनावी सभामा पुर्व सहायक मन्त्री कलावती पासवान, मधेस प्रदेशका प्रदेश साँसद पारस साह, नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साह, जसपाका अध्यक्ष शिवनाथ पटेल, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति रामप्रवेश यादव, काँग्रेस नेता तेजनारायण साह लगायतका हजारौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।