आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 943 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस देशभर पत्रकारहरुले विविध कार्यक्रम गरी मनाईदै छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष प्रविधि नियन्त्रित मिडिया भन्ने मुल नाराका साथ नेपालमा पनि आज विविध कार्यक्रम गरिँदैछ ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले एक शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र हाम्रो देशभित्रको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनीकीकरण र स्वतन्त्रताको प्रतिरक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्ने यो दिनको विशेष महत्व रहेको बताएका छन् ।

अध्यक्ष पोखरेलले यस अवसरमा नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्नुहुने योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content