सिम्रौनगढमा सत्ता गठबन्धन दल काग्रेस र जसपाबिचनै प्रतिस्पर्धा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.5k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । स्थानीय तहको बैशाख ३० गते हुने निर्वाचनमा सत्तामा रहेका पाँचदलिय गठबन्धन दल नेपाली काग्रेस र जनता समाजवादी पार्टीबिचनै मुख्य प्रतिस्पर्धा बनेका छन् । नेपाली काग्रेसका नगरप्रमुख बिजयशंकर यादब पुनः नगरप्रमुखमा उत्रिएका छन भने सत्ता घटककै अर्को दल जसपाका किसोरी प्रसाद कलबार नगरप्रमुखमा उत्रिएका छन् । नेकपा एमालेका गगनदेव कुशवाहा नगरप्रमुखमा प्रतिस्पर्धा गरेका छन् ।

सबैतिर गठबन्धन भएपनि बाराको सिम्रौनगढ लगायत १३ पालिकामा गठबन्धन हुन नसकेका कारण एकल प्रतिस्पर्धामा छन । निजगढ, कलैया र जीतपुरसिमरामा मात्र गठबन्धन भएको छ । यसैबिच उम्मेदबारी दर्ता गरेका उम्मेदबार र राजनैतिक दलहरुले प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । सिम्रौनगढ नगरपालिकामा नेपाली काँग्रेस पार्टीको प्रचारप्रसार र घरदैलो सिम्रौनगढ वडा नंं ६ बजारमा सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा सहभागी काग्रैस नेता एवम पत्रकार सिकेन्द्र पासवानले काग्रेसमा विगतको भन्दा बढी जनलहर बढदै गएको बताएका छन् । नगरप्रमुख पदका उम्मेदवार बिजयशंकर यादव र उपप्रमुखका उम्मेदवार रिता कुसवाहाको लोकप्रियताका कारण त्यहाँका मतदाताहरु नेपाली काँग्रेस पार्टीतिर हौसिएको उनले बताए ।

बिगतमा नगरप्रमुख यादव पुर्णरुपमा अल्पमतमा रहेपनि नगरको बिकासका लागि कुनै कसर बाकी नराखी सुबिधा सम्पन्न अस्पताल निर्माण, शिक्षा, स्वास्थ्य, सुलभ खानेपानी, बिजुली बती जडान, सिचाई, मलखाद, बिउबिजनको व्यवस्था मिलाउन सफल देखिएको उनले बताए । उनले बाटोघाटो निर्माण, मठ मन्दिर, मस्जिद निर्माण पुलपुलेसा, बिधालय निर्माण, कलभर्ट निर्माण, वृक्षारोपन, गरिब जेहन्दार बिधार्थीहरुका लागि निशुल्क कोचिगको व्यवस्था, उच्च शिक्षा अध्ययन गर्नेका लागि सक्षम नभएका बिधार्थीहरुका लागि उच्च शिक्षा हासिल गराउने सम्मको व्यवस्था मिलाएका कारण उनको लोकप्रियतामा कमी नआएको उनले बताए । नगरबासीहरुलाई सहज र सुलभ रुपमा सेवा प्रभाव गराउदै आएका नगरप्रमुख पदका उम्मेदवार यादवको पक्षमा जनलहर बढदै गएको नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले समेत जानकारी दिए ।

सालिन, अनुभवी लोकप्रिय रहेका नगरप्रमुख पदका उम्मेदवार यादवका पक्षमा, यूवाहरुको ठुलो जमात लागेको नेपाली काँग्रेस सिम्रौनगढ नगरपालिकाका नगर सभापति नागेन्द्र प्रसाद कानुले बताए ।

नागरिकलाई उच्च प्राथमिकतामा राखी अगाडी बढी रहेको बताउदै जनताको सेवामा कुनै कमी हुन नदिने नगरप्रमुखका उम्मेदवार यादवले प्रचारप्रसार कार्यक्रममा बताए । सिम्रौनगढको बृहतर बिकासका लागि आफु पुर्णरुपमा कटिवद्ध रहेको स्मरण गराउदै धार्मिक, सास्कृतिक, पुरातात्वीक महत्व बोकेको ऐतिहासिक नगरी सिम्रौनगढलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गराउनका लागि निरन्तर लागी परेको यादवले बताए ।

देशलाई निकास दिनका लागि र हरेक समस्यालाई समाधान गर्ने पार्टी एक मात्र नेपाली काँग्रेस पार्टी रहेको हुदा वडा सदस्य, वडा अधयक्ष, उपप्रमुख, प्रमुख सहितमा रुप छापमा मतदान गरि बिजयी गराउन सबैमा नगरप्रमुख पदका उम्मेदवार यादवले मतदाताहरुलाई आग्रह गरे ।

शेयर
प्रतिक्रिया
Skip to content