बाराको कलैया निवासी एक नाबालिकाको अपहरण गरी करणी गर्ने रौतहट कटहरिया ७ निवासी मोदन मियाँको छोरा वर्ष २० को अफरोज अंसारीलाई अदालतले सात दिनको म्याद अनुमती लिई हिरासतमा लिएको छ । मिति २०७८÷१०÷१० गते साँझ पाच बजे समयमा नाबालिका वर्ष १२ की एक नाबालिकालाई विभिन्न प्रकारका डर त्रास देखाई अपहरण गरी कलैयाकै एकान्त स्थानमा लगी जवर्जस्ती करणी गरी पीडितलाई काठमाण्डौ स्थित कोठामा बन्धक बनाई राखेका थिए । हिजो २० गते पीडितलाई उद्धार गरिएको घटनामा वारदात पश्चात फरार रहेका अंसारीलाई प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । निजमाथि कार्यालयमा दर्ता रहेको अपहरण शरीर बन्धक तथा जवर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।