लक्ष्य जति राम्रो भएपनि भ्रष्ट सोच नत्यागेसम्म विकास सम्भव हुदैन
कलैया । नेपाली काग्रेसका प्रभावशाली नेता एवम क्षेत्र नं. ४ का सभापति सुनिल गुप्ता कलबारले सही योजना र लक्ष्य भए प्रसौनी गाँउपालिकालाई बारा जिल्लाकै उत्कृष्ट एक नं. पालिका बनाउन सकिने बताउनु भएको छ ।
आउदै गरेको स्थानीय तहको निर्वाचनमा प्रसौनी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गुप्ताले बुधबार पत्रकार सम्मेलन गर्दै सो कुरा बताउनु भएको हो । उनले ५०–१०० बर्ष पछि कस्तो पालिका बनाउने सपना अहिले देखेमात्र लक्ष्यमा पुग्न सकिने बताउनु भएको छ । उनले आफु राजनितिमा सम्पति कमाउन नआएको बताउदै समाजलाई सही बाटोमा डोरयाएर आफनो ठाउको विकास अनी जनताका सुखः दुखमा साथ दिन सकेमात्र राजनिति र समाजसेवा ठिक हुने उनले बताए ।
उनले नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिल गुप्ताले चुनावी घोषणा पत्र सार्वजनिक गर्दै समाज विकासको पहिलो आधार शिक्षानै भएको बताए ।
लक्ष्य जति राम्रो भएपनि भ्रष्ट सोच नत्यागेसम्म विकास सम्भव नभएको उनले बताए ।आफु निर्वाचित भए भ्रष्टाचार मुतm पालिका बनाउनका लागि हेल्पडेक्स निर्माण गरि सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।
दलित जेहन्दार, गरिब गरी ५० जना बिधार्र्थीहरुका लागि मासिक रु २ हजार प्रोत्साहन स्वरुप दिने, एक जना एमबिबिएस डाक्टर,१ जना ईन्जिीनियर पढनका लागि बार्षिक रुपमा बजेट छुटयाई पढनका लागि सहयोग गर्ने, स्नातक पास गर्ने बिधार्र्थीहरुलाई जागिर नलागे सम्म मासिक रु ३ हजारको दरले प्रोत्सहान भता दिने, विवाह मण्डप निर्माण वृद्धा आश्रम, अनाथालय निर्माण, ५ बर्षमा ५ सय जनालाई रोजगारको व्यवस्था गर्ने, १ सय यूनिट बिधुत खपत गर्नेहरुलाई ५० यूनिट बिधुत फ्रि गर्ने जस्ता महत्वकाक्षी योजनाहरु घोषणा पत्रमा रहेको छ ।
शिक्षा क्षेत्रमा ५०, स्वास्थ्य क्षेत्रमा २५, पर्यटन क्षेत्रमा २५, औधोगिक सुरक्षा क्षेत्रमा २५, ड्राइभर तथा सहचालकमा २८ जना, सरसफाई क्षेत्रमा २५ जना गाँउपालिका प्रहरीमा ३५ जना बिभिन्न उधोगका श्रमिकको रुपमा १ सय जना र स्वरोजगार अन्तरगत सिलाई, कटाई, प्लम्बर, बिजुली मिस्त्री, कम्युटर तालिम गरी १ सय ७२ जनालाई कम्तीमा रोजगारीको व्यवस्था गर्ने लक्ष्य रहेको गाँउपालिका अध्यक्ष पदकाका उम्मेदवार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए । कसरी पुरा हुन्छन त यी कार्यक्रम भन्ने सञ्चारकर्मीको प्रश्नमा गुप्ताले उद्योग स्थापनामा जोड दिने, पालिकाको आम्दानीको श्रोत बढाउन बजार ब्यबस्थापन लगायतका योजना रहेको उनले बताए ।
सो अवसरमा पालिकाका उपाअध्यक्ष पदका उम्मेदवार निलम साह, नेपाली काँग्रेसका महासमिति सदस्य लुकेश सिह, वडा अध्यक्ष पदका उम्मेदवारहरु १ का हरी राउत कुर्मी २ का ह्दय साह तेली , ३ का राम प्रसाद साह ४ का शौरभ कुमार गुप्ता, ५ का रामबाबु साह ६ का नन्देश राउत सिह र ७ का राममनी गुप्ता लगायतका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।