रविराज दंगाल : जनताको दुखमा सधैं सारथी !

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
7 मिनेट पढ्न लाग्ने समय

निजगढकाे समृद्धिका अभियन्ता, भुकम्प पहिरोदेखि कोरोना कहरसम्म अग्रमोर्चामा

काठमाण्डौं । बाराको निजगढका रविराज दंगाल सो क्षेत्रकै लोकप्रिय युवा नेता हुन् । ३३ वर्षिय दंगाल झण्डै डेढ दशकदेखि प्रत्यक्ष जनतासंग जोडिएका छन् । लोकप्रिय छवि बनाएका दंगाल जनतालाई समस्या पर्दा सबैभन्दा अघि देखिन्छन् । अग्रमोर्चामा खटिएर नेतृत्व दिनेगर्छन् । उनले भुकम्प, पहिरोदेखि कोरोना कहरसम्म अग्रमोर्चामा खटिएर जनताको सेवा गरेको कसैले भुलेका छैनन् । कोरोना कहरका कारण घरबाट सर्वसाधारण निस्कन सकेका थिएनन् । आर्थिक रुपमा विपन्नलाई हात मुख जोड्न समस्या भईरहेको थियो ।
विरामीलाई अस्पतालसम्म पुग्न साधन थिएन् । अस्पताल भर्ना भएका विरामी र कुरुवादेखि स्वास्थ्यकर्मीलाई समेत समस्या थियो । सकंटमा परेका जनताको सारथी बन्ने दृढ संकल्प गरे, समस्यासंग जुधिरहेका निजगढका सर्वसाधारणलाई घरमै सेवा दिन पुगे । भ्यानलाई एम्बुलेन्स बनाएर विरामीलाई अस्पताल पु¥याउने र घरमै लैजाने निःशुल्क व्यवस्था गरे । आर्थिक रुपमा समस्यामा परेकालाई घरमै राशनपानी र स्वास्थ्य सामाग्री पु¥याउने काम गरे । स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका विरामी र कुरुवालाई सेवा दिन हेल्थ डेस्क स्थापना गरे । त्यहि खाना पकाएर खानाको व्यवस्थापन गरे । स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सचेतना फैलाउन कार्यको नेतृत्व प्रदान गरेका थिए ।
जनताको सुख, दुखमा माओवादी भन्ने नारासहित कोभिडबाट समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न त्यहाँको दंगालले पार्टी कमिटीलाई परिचालन गरे । अभियानलाई धेरैले मन पराए । पार्टी भन्दा माथि उठेर जनताको सेवा गरेका दंगालको चौतर्फि प्रंशसा भएको छ । त्यसअघि दंगालले २०७२ को महाभुकम्पले संकटमा परेको जनताको सेवाका लागि त्यस क्षेत्रबाट राहत र उद्धारका लागि नेतृत्व प्रदान गरेका थिए । उनी ठुलो मात्रामा राहत संकलन गरेर प्रभावित क्षेत्र पुगेका थिए ।
त्यसअघि २०७० मा सिन्धुपाल्चोकका पहिरो पीडितको सहयोगार्थ नेतृत्व प्रदान गर्दै त्यसतर्फ पुगेका थिए । निजगढमा विभिन्न रोगबाट पीडितको उपचार खर्च जुटाउन, अस्पतालसंग समन्वय गर्नदेखि विद्यार्थी, किसान, मजदुर, व्यवसायिलाई समस्या परेका बेलामा सारथी बनेर आँडभरोसा दिन उभिदै आएका छन् ।

जसको दबावपूर्ण अभियानको नेतृत्वले सम्भव भयो फास्ट ट्रयाक

विकास निर्माणका लागि भएको नेपालकै नौलो एवं निर्णायक अभियानको नेतृत्व गरेका एक युवक बाराको निजगढ नगरपालिकाको उपमेयर पदको उम्मेदवार बनेका छन् । बाराको निजगढ ८ का युवा दंगालको नेतृत्वमा विकासको माग गर्दै निजगढदेखि काठमाण्डौंसम्मको ४ दिन लामो पैदल यात्रा भएको थियो ।
नेपालको इतिहासमा पहिलो पटक विकासका लागि भएको लामो मार्चपास भनेर तत्कालिन प्रधानमन्त्री प्रचण्डले उद्घोष नै गरेका थिए । त्यो आन्दोलनको तत्कालिन नेपालका शिर्ष नेता, मन्त्रीदेखि मिडियाले समेत प्रशंसा गरेका थिए । नेपालका सबैजसो मुलधारका टेलिभिजन र पत्रपत्रिकाको पहिलो प्राथमिकतामा परेको थियो ।
महिला, युवादेखि बृद्धासम्म ६३ जना सहभागि पैदल यात्राको उद्देश्य हाम्रै पालमा फास्ट ट्रयाक र एयरपोर्ट भन्ने थियो । पैदल यात्रासंगै अभिन्ताहरुले प्रमुख पार्टीका अध्यक्ष र शिर्ष नेतालाई भेटेर विकासको लागि एकजुट हुन आह्वान समेत गरेका थिए । हजारौं जनताको हस्ताक्षर र जनताबाट एक रुपैया संकलन अभियानबाट संकलिन रकम समेत सरकारलाई बुझाएका थिए ।
अभियन्ताले फास्ट ट्रयाकको प्रस्तान विन्दु निजगढमा रिले अनसन थालेपछि तत्कालिन प्रधानमन्त्री प्रचण्डले त्यहाँ पुगेर सम्बोधन गरेका थिए । आन्दोलन स्थल पुगेर प्रधानमन्त्रीबाट सम्बोधन भएको यो पहिलो घटना पनि थियो । अभियानकै दबाबमा प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाक शिलान्यास गरि निर्माणको जिम्मा नेपाली सेनालाई दिएका थिए । अहिले निर्माण कार्य अघि बढेको छ ।
फास्ट ट्रयाक अभियन्ताका रुपमा परिचित युवा राजनीतिकर्मी समेत हुन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता दंगाल सो पार्टीका प्रदेश कमिटीमा आवद्ध छन् । सो क्षेत्रका उदयमान नेतृत्वका रुपमा हेरिएका दंगालप्रति निजगढ नगरपालिकाको नेतृत्व गर्नुपर्छ भन्ने आम अपेक्षा थियो । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच भएको सहमति अनुसार निजगढको उपमेयरको पद माओवादीले पायो । सांगठानिक आधार कमजोर भएकै कारण पार्टीले लोकप्रिय मत आकर्षित हुने पात्रका रुपमा नेता दंगाललाई अघि सारेको छ ।
सत्ता गठबन्धानको साझा उम्मेदवारका रुपमा दंगाललाई उपमेयर पदमा निर्वाचित हुने आधार बलियो देखिन्छ । प्रतिस्पर्धि दलबाट उपमेयर पदका उम्मेदवारको अघि सारिएकी सोममाया थिङ्ग मुनाको मतदाताको विचमा पहिचान स्थापित भईसकेको छैन् । लोकप्रिय र चर्चित पात्र र गठबन्धन साझा उम्मेदवारका रुपमा दंगालको पक्षमा लोकप्रिय मत खस्ने अपेक्षा गरिएको छ ।

लालपूर्जा चलनचल्तीमा ल्याउन नेतृत्वदायी पहल

निजगढमा वर्षौदेखि समस्याका रुपमा रहेका लालपूर्जा समस्याको समाधानका लागि पहल गर्ने अभियन्ताका रुपमा परिचित एक पात्र हुन्, रविराज दंगाल । दंगाल न लालपूर्जा समस्याको समाधान गर्ने आयोगका सदस्य हुन्, न जनप्रतिनिधि न त मालपोल–नापीकै कर्मचारी । उनी त नेकपा माओवादी केन्द्रका युवा नेता हुन् । तर पनि दंगालकै पहलमा निजगढका सयौंको लालपूर्जा चलनचल्तीमा आएको छ । लालपूर्जा भएर पनि चलनचल्तीमा नआउँदा पीडामा रहेका जनतालाई मल्हम लगाउने कार्यको नेतृत्व नेता दंगालले गरेका छन् । उनको पहलमा निजगढका विभिन्न वडाका सर्वसाधारणले वर्षौपछि आफ्नो सम्पति प्रमाणित रुपमा आफ्नो भएको महसुस गर्न पाए । पटक–पटक बनेका आयोग र जननिर्वाचित जनप्रतिनिधिले नबुझेको जनताको समस्या बुझ्दै नेता दंगालले पहल लिएर पूर्जा चलनचल्तीमा आएपछि उनीहरुको मुहारमा खुसी छाएको छ ।
        पार्टी भन्दा माथि उठेर जनताको खुसीको लागि संघर्ष गर्दै आएका उनै दंगाल निजगढ नगरपालिकाको उपमेयर पदमा उम्मेदार बनेका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रको चुनाव चिन्ह (गोलाकारभित्रको हसिँया हथौडा) लिएर उम्मेदवार बनेका छन् । निजगढका जनताले लामो समयदेखि जग्गा सम्बन्धि समस्या भोग्दै आएको नेता दंगाल बताउँछन् । सरोकारवालाले ध्यान नदिदा जनताले समस्याबाट छुटकारा पाउन नसकेका बताउने दंगाल भन्छन्–‘जनस्तरबाट मैले जति पहल गरेर लालपूर्जा पाउने अवस्था बन्यो, अब जनताको मत लिएर जनप्रतिनिधिका रुपमा मैले धेरै गर्न सक्नेछु । अहिले त आयोगमा हाम्रो पार्टीको समेत प्रतिनिधित्व छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अझैं सहज हृुनेछ ।

 राष्ट्रियताप्रति खबरदारी

नेता दंगाल राष्ट्रियताकाे लागि निरन्तर खबरदारीमा छन् । राष्ट्रघाति अभिव्यक्ति हाेस् वा भारतीय थिचाेमिचाे त्यसकाे कडा प्रतिवादमा उत्रिन्छन् उनी । भारत र चीनले नेपाली भूमि लिपुलेकलाइ व्यापारिक नाका बनाउने एकलौटी रुपमा गरेकाे निर्णयकाे विराेधमा १ नम्बर पिल्लरमा नेपाली झण्डा फहराउन पुगेका थिए । अखिल क्रान्तिकारीका विद्यार्थी संगठनको अगुवाइमा दंगाल कठिन यात्रा तय गरे त्यहाँ पुगेका थिए । त्यसबाहेक सिमा मिचिकाे विराेधमा, भारतीय नाकाबन्दीकाे विराेधमा निजगढमा उनकाे नेतृत्वमा विराेध कार्यक्रम भएका छन् । व्याकअफ इन्डिया, नेपाली झण्डा प्रदर्शन लगायतका विराेध कार्यक्रम भएका छन् ।
  
https://www.facebook.com/403385966766835/posts/1392650641173691/
प्रोफाईल तयारकर्ता महेश्वर अधिकारी

शेयर
प्रतिक्रिया
Skip to content