खयरघारीको बस्तिलाई पुर्वपश्चिम रेलमार्गले कुनै असर गर्दैनः– निवर्तमान मेयर खनाल

तराइ संचार
तराइ संचार 798 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

    निजगढ । निजगढका निवर्तमान मेयर तथा संयुक्त गठबन्धनबाट मेयर पदका उम्मेदवार सुरेशकुमार खनालले वडा नम्बर ८ स्थित खयरघारीको बस्तिलाई पुर्वपश्चिम रेलमार्गले कुनै असर नगर्ने बताउनु भएको छ । वडा नम्बर ८ स्थित खयरघारीमा संयुक्त गठबन्धनको घरदैलो कार्यक्रम पश्चात भएको कोणसभामा बोल्नु हुदै निवर्तमान मेयर खनालले पुर्वपश्चिम रेलमार्गले मानवबस्तीलाई कुनै असर नगर्ने बताउनु भएको हो ।

निजगढ नगरको खानेपानीमा निशुल्क, भुक्तानी भयो श्रावणदेखिकै करिब ८१ लाख

केहि दिनअघि नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा एमालेका मेयर पदका उम्मेदवार तथा नेकपा एमाले निजगढका अध्यक्ष सुरथ पुरी लगायतका नेताहरुले खयरघारीस्थित मानव बस्ति हुदै रेलमार्ग विस्तार गर्न लागेको अभिव्यक्ति दिनु भएपछि नगरप्रमुखका उम्मेदबार खनालले सो कुरा बताउनु भएको हो ।

खनालले सो बस्ति हुदै रेलमार्ग विस्तारमा सहयोग पुयाएको र बस्तीलाई क्षति पुराउने भएपनि रेलमार्गका लडेर सर्षश गरेर मानव बस्ती बचाउन आफु सफल भएको उनले बताए । निजगढको बीच भागबाट गुज्रिने गरी पुर्वपश्चिम रेलमार्गको सर्वेलाई रोकी खनालले लालबकैया नदीको ड्याम हुदै रेलमार्गको ट्रयाक सर्वे गर्नेको मन्त्रालयसम्म पुगेर सहजीकरण गरेको उनले बताए ।

बाराका दुई पालिकाका सुकुम्बासी भुमीहिनहरुले अब जग्गा पाउने

 

चुनावी कोणसभामा बोल्नु हुदै नेपाली कांग्रेसका नेता रहनु भएका मेयरका उम्मेदवार खनालले निजगढका स्थानीय नागरिकको चित्त बुझ्दो ढंगले रेलमार्गको सर्वे गर्ने गरी आफुले सहमति जनाएको कसैलाई क्षति नगर्ने बताउनु भयो । खनालले निजगढमा रेलमार्गको स्टेशन समेत निर्माण हुने भएकोले रेलमार्गको नजिकका खयरघारी लगायत स्थानका वासिन्दाहरुलाई रोजगारीको प्राथमिकता दिनुपर्ने कुरामा आफ्नो अडान रहेको बताउनु भयो । कोण सभालाई सम्बोधन गर्नु हुदै खनालले बिपन्न नागरिकहरुको सुविधाको लागी नगरपालिकाले दश हजार लिटर खानेपानी निशुल्क गरेको बताउनुभयो । खनालले अव्यवस्थित जग्गा र भूमिहीन समस्या समाधानको लागि शुरुवाती प्रक्रिया अघि बढेको जनाउनुहुदै जग्गा प्राप्तिको कार्य छिटै हुने समेत बताउनु भयो ।

निजगढ नगरमा रेल सेवाको दुई स्टेशन, मेची महाकाली रेल्बेले सर्भे शुरु गर्दै

कार्यक्रममा गठबन्धनबाट उपमेयर पदका उम्मेदवार रविराज दंगालले बिपन्न नागरिकहरुलाई रोजगारीको पहुचमा पुर्याउन आफ्नो प्रयास रहने बताउनु भयो । नेकपा माओवादी केन्द्रका नेता समेत रहनु भएका गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार दंगालले अति बिपन्न नागरिकहरुको पहिचान गरि निशुल्क शिक्षाको व्यवस्था आफ्नो प्राथमिकता रहने बताउनुभयो । कोणसभामा संयुक्त गठबन्धनबाट वडा नम्बर ८ को वडा अध्यक्ष पदका उम्मेदवार स्वर्ण लामाले वडाको विकासलाई निरन्तरता दिई सुशासन कायम राख्न गठबन्धनको जित आवश्यकता रहेको जनाउनु भयो ।

नेपाली कांग्रेसका नेता तथा वडा अध्यक्ष पदका उम्मेदवार लामाले वडाको विकासलाई प्रसंशायोग्य बनाउन आफुले गरेको प्रतिबद्धता पुरा गर्ने बताउनुभयो ।

निजगढ नगरपालिकाको गौरवलाई बढाउन संयुक्त गठबन्धनको जित आवश्यक

कार्यक्रममा नेपाली कांग्रेसका नेता पेमासिद्धि लामाले नेपाली कांग्रेसले नेतृत्व गरेको निजगढ नगरपालिका तारिफ गर्न योग्य नगरपालिकाको रुपमा स्थापित भएको जनाउनुहुदै नगरपालिकाको गौरवलाई अझै बढाउन संयुक्त गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस नेता लामाले निवर्तमान मेयर सुरेश कुमार खनालले संचालनमा ल्याउनु भएको धेरै योजनाहरु निजगढको भौतिक र सामाजिक बिकासमा अब्बलरुपमा स्थापित भएको बताउनुभयो । लामाले स्थानीय स्तरमा रोजगारी सृजना गर्न शिप मुलक तालिम मार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको जोड दिनुभयो ।

निजगढ नगरपालिकाका नगरप्रमुखको कालो पत्रेमा अनुगमन

शेयर
प्रतिक्रिया
Skip to content