पचरौता । नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाको फिल्मी शैलीमा निर्वाचन प्रचार प्रसार गरेका छन् । नेपाली कांग्रेस पचरौता नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न बारा अएका थापाले ८ मिनेटमा दुई वटा चुनावी सभा सम्पन्न गरे । पचरौतामा पाच मिनेट खर्चिएका महामन्त्री थापाले सिम्रौनगढमा भने पाच मिनेट दिएका हुन । उहा“ले मधेशवादी दलहरुलाई लक्षित गर्दै उनीहरु एक आपसमै फुटेर टुक्रिएको बताएका हुन् ।
संक्षिप्त करिब तीन मिनेटको भाषण गरेका महामन्त्री थापाले यस अघि ५ बर्ष अरु पार्टीलाई हेर्नु भयो यो पा“च बर्ष नेपाली कांग्रेसलाई बिजयी गराई बिकास हेर्न अनुरोध गरे । नेपाली कांग्रेस पचरौताका नेता मणिभुषण यादव आफ्नो हितैसी रहेको बताउ“दै थापाले उनलाई बिजयी गराएमा आफुले समेत सहयोग गर्ने बताए । उनले नेपाली कांग्रेसको पक्षमा जनलहर आएको बताउ“दै आउने सबै चुनावमा कांग्रेस पहिलो पार्टी भई सरकारको नेतृत्व गर्ने भएको हु“दा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसकै नेता तथा कार्यकर्तालाई बिजयी गराउन आग्रह गरे । निर्वाचनको व्यस्त समयको कारण आफु लामो समय दिन नसक्ने बताउ“दै महामन्त्री थापाले तपाईहरुले मत दिएर बिजय गराएमा आफ्नो तर्फबाट समेत सहयोग रहने भएकोले युवा नेतृत्वलाई ल्याउन आग्रह गर्नु भयो ।