सिमरा । जीतपुरसिमरा उपमहानगरको उपमेयर पदको गठबन्धन दलहरुको उम्मेदबार एवम नेपाली काग्रेसकी नेत्री मेघा शाहीले औधोगिक नगरीमा कोही पनि बेरोजगार नहुने गरी आफुले काम गर्ने बताउनु भएको छ ।
बाराको जितपुरमा सोमबार भएको घरदैलो पछि सम्पन्न कोणसभामा नेतृ शाहीले सो कुरा बताउनु भएको हो ।
उहाँले कलकारखानाको आवश्यकता भएपनि मापदण्डमा बसेर प्रदुषण नियन्त्रण गर्न नेतृत्व चुकेको कारण समस्या हुने गरेको उहाँले बताउनु भयो । बेफाईदा जती नगरवासीले पाउने अनी रोजगारी चाही भारतबाट ल्याएर गर्ने काम गलत रहेको छ । त्यसैले समस्या समाधान गर्न नेतृत्व सही हुने हो भने उद्योग र वातावरण मैत्री दुबै बनाउन सकिने उहाँले बताउनु भयो ।
सुशासनमा कमजोर भएकै कारण भ्रष्टचारमा एक नम्बर भएकोले यसको अन्त्यनै पहिलो काम हुने उनले बताईन ।
खेलकुद , पर्यटन, शिक्षा, स्वास्थ्य र महिला लक्षित उपलब्धीमुलक काम भएकोले आफु निर्वाचित भए पहिलो प्राथमिकता हुने उनले बताईन ।
उपमेयर पदको गठबन्धन दलहरुको उम्मेदबार एवम नेपाली काग्रेसकी नेत्री मेघा शाहीसगको बिस्तृत कुराकानी हेर्न सक्नु हुनेछ ।