भ्रष्टचार आफु पनि गर्दैनौ र अरुलाई पनि गर्न दिदैनौ
सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर पदका सरकारमा रहेका गठबन्धन दलहरुको उम्मेदबार एवम नेकपा माओवादी केन्द्रका प्रदेस सदस्य राजन पौडेलले एमाललेले मेरो कारण नगर असफल भएको भन्नेहरुलेनै कृष्ण पौडेललाई असफल बनाएर नगरलाई पछि पारेको आरोप लगाएका छन् । एमालेकै साथीहरुले असफल बनाएर अरुमाथि हिलो छाप्ने काम गर्न नहुने उनले बताए ।
बाराको जितपुरमा सोमबार भएको घरदैलो पछि सम्पन्न कोणसभामा पौडेलले सो कुरा बताउनु भएको हो ।
स्वास्थ्यजस्तो संबेदनशिल बिषयमा संबेदनशिल नभएको परिणाम उपमहानगरमा एउटा अस्पताल कतै बन्न नसकेको पौडेलले बताए । बर्तमान नगरप्रमुखका उम्मेदबार सरस्वतीदेवी चौधरीले अनुगमन गर्ने भन्दा बजेट विनियोजन गर्न आतंकनै मच्चियो, अनुगमन गर्ने मानिस उपभोक्ता समिति बनाउन सक्रृय हुनु भयो । यो किन भयो ।
यो नगरमा अबका दिनमा प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरुको बजेट हुने छैन । बजेट हुने छ त जीतपुरसिमराको बजेट हुनेछ । कार्यक्रमहरु नगरसभाबाट छलफल गरी गरिनेछ । कार्यपालिकालाई जथाभावी खेलिने ठाउ बनाईने छैन । भागवण्डा कसैको हुनेछैन । नियम र सुशासनका आधारमा काम हुने छ ।
आफु कहिल्यै लोभको पछि नपरेको र भोलीका दिनमा पनि कुनैपनि प्रलोभनमा नपरी नियत खराब नराखेपछि हामी भ्रष्टचार आफु पनि गर्दैनौ र अरुलाई पनि गर्न दिदैनौ । नियन्त्रण गरेर देखाउछौ । पारदर्शिता गर्ने कुरामा कुनै कमी हुन नदिने उनले बताए ।
मेयर पदका सरकारमा रहेका गठबन्धन दलहरुको उम्मेदबार एवम नेकपा माओवादी केन्द्रका प्रदेस सदस्य राजन पौडेलसगको बिस्तृत कुराकानी युवटुव मार्फत हेर्न सक्नु हुनेछ ।