कलैया । बारा जिल्लाबाट भारत जोडिएका सबै सिमा नाका बन्द हुने भएका छन् । आज मंगलबार राती १२ बजेदेखि ३० गतेसम्म सबै सिमा नाका बन्द हुने भएको हो । बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनदाई स्वच्छ , निश्पक्ष पारदर्शि भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका सबै सिमा नाका बन्द गरिएको हो ।
बैशाख २७ गते मंगलबार राती १२ बजे देखि ३० गतेसम्म मादक पदार्थ सेवन ओसारप्रसार र बिक्रीबितरण निषेध गरिएको छ । २९ गते रातीदेखि मतदान सम्पन्न नभएसम्म अत्याबश्यक सवारी साधन बाहेक सम्पुर्ण सवारी साधनमा पुर्ण प्रतिबन्ध समेत लगाईएको छ ।