सिमरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पाँचदलिय गठबन्धका शिर्ष नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा ओली नेतृत्वले संविधान मासेर सबै उपलब्धी समाप्त गर्ने प्रयास भएपछि राजदैनिक दुर्घटनाको विरुद्ध गठबन्धन बनेको बताएका छन् । गठबन्धन बने देखिनै तोड्न र प्रभावहिन बनाउने प्रयास भैरहेको भन्दै प्रचण्डले गठबन्धन गणतन्त्र र संविधानको रक्षाका निमित्त आवश्यक भएको बताए । प्रचण्डले जनताको हित र देशको रक्षा गर्नका लागि गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार बाराको जीतपुरमा ५ दलिय गठबन्धनद्वारा ओयोजीत चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानिय तह चुनाव वर्तमान गठबन्धनका लागि अग्रगमन र पक्षगमन विचको लडाई मात्रै नभएर जनमन संग्रह समेत भएको समेत बताउनु भयो ।
शान्ती प्रक्रियाको अन्तिम टुंगो लगाउन समेत गठबन्धनको आवश्यकता रहेको भन्दै प्रचण्डले देशको सम्पूर्ण जिम्मेवारी पाँच दलको काधमा आएको दाबी गरे । शान्ती प्रकृयालाई सदाका लागि टुग्याउन समेत गठबन्धन बषौं सम्म लैजानु पर्ने भन्दै प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको यो अविभारा ५ दलमा आएको बताए ।
राष्ट्रको रक्षा गर्ने उदेश्यले ५ दलिय गठबन्धन बनेकाले यसलाई स्थानिय चुनाव सम्म मात्रै नभएर बषौं लैजान सकिने बताए । उनले जनताको हित र राष्ट्रिय समृद्धिका लागि गठबन्धन बनेको दावी गरे ।
करिब ११ मिनट बोलेका प्रचण्डले गठबन्धनको औचित्य र आवश्यकतालाई बारम्बार दो¥याउँदै गठबन्धनका दलहरुका विचमै एकता छैन भनेर हाम्रा विरुद्ध भ्रम छर्ने प्रयास भैरहेका छन् , उनले भने । भरतपुर, पोखरा , काठमाण्डौं लगायतका चुनावी सभाहरुबाट कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा र मैले गठबन्धनको आवश्यकता औल्याउँदै आएका छौं भ्रममा पर्न जरुरी छैन, प्रण्डले बताए ।
जितपुरसिमरा उपमहानगरपालिकाका लागि गठबन्धनले माओवादीका राजन पौडल मेयर काँग्रेसकी मेघा शाहीलाई उपमेयरको उमेदवार बनाएको छ । दुवैको भारी सभामा प्रशंसा गर्दै प्रचण्डले सबै राजनैतिक दलहरुलाई मिलाएर लैजान शक्ने क्षमता यूवा उमेदवारहरुसँग भएको भन्दै बाराको जीतपुरसिमराको विकास र समृद्धिका लागि उनीहरुलाई विजय गराउनु पर्ने धारणा राखे ।
निर्धारित समयभन्दा निकै ढिला कार्यक्रममा आएका प्रचण्डले छोटो मन्तब्य राख्दै आफ्नो उम्मेदवारका लागि मत दिन अनुरोध गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुख पदमा नेपाली कांग्रेसकी मेघा शाही उम्मेदवार रहेका छन् ।