नागरिकता भएका सबैले मतदान गर्न पाउछन– निर्वाचन आयुक्त थपलिया

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । नागरिकता भएका सबैले मतदान गर्न पाउने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भएको छ । निर्वाचन परिचयपत्र भएकाहरुले मात्र निर्वाचनमा सहभागी हुन पाउने प्रचारप्रसार हुदै आएकोमा अब वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले नागरिकताबाट पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट बञ्चित नगरिने बताउनुभएको हो ।
जिल्लाबाट आज बुधबार निर्वाचन केन्द्रबाट निर्वाचन परिचयपत्र समेत वितरण भईरहेको छ । हराएका मतदाताले निर्वाचन परिचयपत्र लिन सकिने बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content