सिमराः नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमालेविरुद्धको गठबन्धन अब धेरै समय टिक्न नसक्ने बताउनु भएको छ ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा एमाले जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीले मंगलवार सिमरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै नेता पोखरेलले यस्तो बताएका हुन ।
व्यक्तिगत स्वार्थका लागि गरिएको गठबन्धन देश र जनताभन्दा माथी नरहेको उनले बताए । देश र जनताको पक्षमा काम गर्दै आएको एमालेकाविरुद्धमा भएको गठबन्धन हैसियत बैशाख ३० गतेपछि बाहिर आउने पोखरेलको बताएका छन् ।
चुनावी सभामा नेता पोखरेलले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख, उपप्रमुखसहित सबै पदमा एमालेका उम्मेदवारलाई बहुमतसहित विजयी गराउन आग्रह गरे ।
सभामा एमालेको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदकी उम्मेदवार सरस्वतीदेवी चौधरी, उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारीले आफ्नो एजेण्डा र कार्ययोजना प्रस्तुत गरेका थिए ।