निजगढमा गठबन्धनको पहिलो खाता खोलेको छ
निजगढ । निजगढ नगरपालिका १३ मा नेपाली काग्रेसको प्यानलनै विजयी भएर निजगढमा गठबन्धनको पहिलो खाता खोलेको छ । वडाअध्यक्ष सहित सबै सदस्य काग्रेसको विजयी भएका हुन ।
काग्रेसका उम्मेदबार सुर्य घलानले ७७९ मत ल्याई पुन विजयी भएका हुन । यस अघि २०७४ मा नेकपा एमालेलाई झिनो मतकासाथ पराजित गरेका घलानले यस पटक गठबन्धन भएका कारण मतान्तर बढाएका छन् । सो वडामा नेकपा एमालेका कमानसिह थिङले ५८६ मत ल्याएका छन ।
त्यसैगरी सदस्यहरुमा सवै काग्रेसकै महिला सदस्य ७७१ , दलित महिला सदस्य ७७०, पहिलो वडा सदस्य ७५१, दोश्रो वडा सदस्य ७६४ ल्याई विजयी भएका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका २४ मा काग्रेसले खोल्यो खाता प्यानलनै विजयी