नेकपा एमालेले जीतको पहिलो खाता खुल्यो, जीतपुरसिमरा २३ मा प्यानलनै विजयी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 898 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा वडाअध्यक्ष पदमा नेकपा एमालेले जीतको पहिलो खाता खुलेको छ । वडा नं २३ मा नेकपा एमालेका तर्फबाट मुस्ताकिम अंसारी निर्वाचित हुनु भएको छ ।

एमालेका अन्सारीले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । १३९० मतदान भएको त्यस वडामा अंसारीले आफ्नो निकटतम प्रतिद्धन्दिलाई २ सय ९३ मत अन्तरले पराजित गरेका हुन । अंसारीले त्यस वडामा आफ्नो पूरै प्यानलसहित विजयी हुनु भएको जीतपुरसिमरा उपमहानगरपालिकाका सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो । यस वडामा सवै दलको उम्मेदबार थिए ।

शेयर
प्रतिक्रिया
Skip to content