जीतपुरसिमरा नेपाली काग्रेसको दुई वडामा प्यानलनै विजयी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 835 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वडा नं. १ र २४ मा काग्रेसको प्यानलनै विजयी

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका १ मा नेपाली काग्रेसको प्यानलनै विजयी भएको छ । वडाअध्यक्ष सहित सबै सदस्य काग्रेस विजयी भएको हो । यस वडामा माओवादी केन्द्रले काग्रेसलाई समर्थन गरेको छ ।  काग्रेसका उम्मेदबार हिरा बहादुर गुरुङले १४७५ मत ल्याई विजयी भएका हुन ।

यस अघि २०७४ मा पनि गुरुङनै विजयी भएका थिए । वडामा नेकपा एमालेका तारा बहादुर बस्नेत हिराले १२६८ मत ल्याएका छन । यस अघिपनि यी दुवै उम्मेदबारको प्रतिस्पर्धा भएको थियो । यसपटक माओवादीको समर्थनले मतान्तर बढाई २०६ मत फराकिलो अन्तरले गुरुङ बिजयी भएका हुन । नेकपा एकिकृत समाजवादीका रामदास धौजु कलमका उम्मेदबारले ९२ र रापप्रा हलोका धिरज पुडासैनीले सो वडाको वडाअध्यक्षमा १५ मत ल्याएका छन ।

त्यसैगरी सदस्यहरुमा सवै काग्रेसकै महिला सदस्य फुसुमदेवी श्रेष्ठले १३६७ , दलित सदस्यमा चित्र कुमारी बिक १४५५, खुल्ला सदस्य एकमा अमन लामा १४११ र खुल्ला सदस्य दुई मा राकेश सुब्बा १४८५ मत ल्याई विजयी भएका छन् ।

सदस्यहरुमा एमालेका महिला सदस्य लक्ष्मी आचार्यले १२६९ , दलित सदस्य शान्ती परियार १२०८, खुल्ला सदस्य एकमा १२२८ र खुल्ला सदस्य दुई मा १०८३ मत ल्याई पराजित भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २४ मा नेपाली काग्रेसको प्यानलनै विजयी

यस अघि जीतपुरसिमरा उपमहानगरपालिका २४ मा नेपाली काग्रेसको प्यानलनै विजयी भएको छ । वडाअध्यक्ष सहित सबै सदस्य काग्रेसको विजयी भएका हुन ।
काग्रेसका उम्मेदबार सुल्तान अन्सारीले ७०१ मत ल्याई विजयी भएका हुन ।

यस अघि २०७४ मा नेकपा एमालेले जितेको सो वडामा नेकपा एमालेका शेराजुल अन्सारीले ३०४ मत ल्याएका छन । लोसपाका कलामुदिन मियाँ अंसारीले ५८७ मत ल्याएका छन ।

त्यसैगरी सदस्यहरुमा सवै काग्रेसकै महिला सदस्य ६९६ , खुल्ला सदस्य ६६१, खुल्ला दुई सदस्य ६४४ ल्याई विजयी भएका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content