निजगढ नगरपालिकामा नेपाली काग्रेसले लगातार तेश्रो जीत

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

नगरप्रमुख उपप्रमुखमा गठबन्धनको अग्रता कायम

निजगढ । निजगढ नगरपालिकामा नेपाली काग्रेसले लगातार तेश्रो जीत निकालेको छ । निजगढ नगरपालिका–११ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सैहइया गुरो थारु विजयी भएका छन् । उनी ६ सय ९० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ६ सय ८२ मत प्राप्त गरेका छन् । स्याङ्गतानलाई ८ मतको झिनो फरकले पराजित गर्दै थारु वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

वडा अध्यक्षसहित एक सदस्य गठबन्धनकाका बिजयी भएका छन भने नेकपा एमालेबाट ३ जना वडा सदस्य विजयी भएका छन् ।

निजगढ वडा नं १० को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ७ सय मतगणना हुँदा वडा अध्यक्षमा गठबन्धकका पदम बहादुर मोक्तनले अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले पछ्याईरहेका छन । यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा गठबन्धनको अग्रता कायम छ ।

त्यसैगरी निजगढ वडा नंं ९ को ९ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।
वडा नं ९ को मतगणना गर्ने क्रममा ९ सय मतगणना हुँदा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ४ सय ९५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले ३ सय ५६ मत ल्याई पछ्याईनै रहेका छन ।

निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ४ सय ३६ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय ९६ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय ४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोममाया थिङ्गले ३ सय ४२ मत प्राप्त गरेकी छन् ।

निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा ६ सय १ मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले ३ सय ४० मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले १ सय ९५ मत ल्याई पछ्याई रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ८ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका गठबन्धकका उम्मेदवार सुरेश खनालले ३ सय ३५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरथ पुरीले २ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखका गठबन्धकका उम्मेदवार रविराज दंगालले ३ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ सय ६८ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content