आज स्थानीय तहमा बिजयीहरुलाई प्रमाणपत्र वितरण, बारामा आईतबार सपथ

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । २०७४ जेष्ठ ५ गते सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार जेष्ठ ५ गते सबै जनप्रतिनिधिहरुको म्याद समाप्त भएको छ ।

स्थानीय तहको निर्वाचन २०७९ निर्वाचन सम्पन्न भई धेरै स्थानको मतगणना सम्पन्न भएपछि आज शुक्रबारनै बिजयी भएकाहरुलाई देशभर प्रमाणपत्र वितरण र पदस्थापना हुनुपर्ने भएपनि सबै ठाउमा नहुने भएको छ ।

कार्यकाल समाप्त भईसक्दा अर्को जनप्रतिनिधि नआउदा निर्वाचन हुन ढिलाई भएका केही दिन स्थानीय निकाय केही दिनका लागि खाली हुने भएको छ ।

बारामा भने निर्वाचित भई सकेका जनप्रतिनिधिहरुले आजै प्रमाणपत्र बुझने कार्यक्रम रहेको छ । त्यसैगरी निर्वाचित भई सकेका प्रमुख जनप्रतिनिधिहरुलाई आईतबार एकै पटक कलैयामा सपथग्रहण राखिएको जिल्ला न्यायधिस समेत रहेका प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताउनु भयो ।

निर्वाचन भई सकेका स्थानीय तहमा प्रमाणपत्र बितरणको तयारी भएसगै निजगढमा पनि आज सुक्रबार प्रमाणपत्र वितरण गरिने गरी तयारी गरेको निजगढका निर्वाचन अधिकृत शम्भु बरालले बताउनु भयो ।

त्यसैगरी सम्पन्न भईसकेको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचन अधिकृत टिकामणी न्यौपानेले आज शुक्रबारनै प्रमाणपत्र बितरण गर्ने बताउनु भएको छ ।

अध्यक्ष वा प्रमुखको पद तथा गोपनियताको सपथ जिल्ला न्यायधिसले निर्वाचित भएको सात दिन भित्र गराईसक्नु पर्ने स्थानीय निकाय संचालन ऐन, २०७४ ले गरेको छ । त्यस्तै बाँकीको हकमा अध्यक्ष वा प्रमुखले एकहप्ता भित्र पद तथा गोपनियताको सपथ गराई सक्नु पर्ने ब्यबस्था रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content