निजगढ । बाराको कोल्हवी नगरपालिकाको नगरप्रमुख , उपप्रमुख र वडाअध्यक्ष गरी बहुमत पदमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काग्रेसका उम्मेदबार राम प्रसाद चौधरी र उपप्रमुखमा लक्ष्मी कुमारी चौधरी र पाँच वडाअध्यक्ष सहित बिजयी भएका छन । एमालेले पाँच र माओवादीले एक वडामा विजयी भएको छ ।
११ वडा रहेको कोल्हबीमा चौधरीले ९१०५ मत ल्याएर विजयी भएका हुन । त्यसैगरी यसअघि नगरप्रमुख रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका भरत वहादुर भण्डारी ८३०७ मत ल्याएर पराजित बन्न पुगेका छन ।
त्यस्तै अमृत कुमार जि.आर. नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ३०२१ मत ल्याएका छन् । यम बहादुर कटुवाल जनता समाजवादी पार्टी, नेपाल १९९ , ललित खाँ थारु लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ११२ मत ल्याएका छन् । अतिम मियाँ अंसारी राष्ट्रिय प्रजातन्त्र पार्टीले ११६ , स्वतन्त्र ज्ञानेन्द्र चौधरी ९०, केशव प्रसाद भट्टराई स्वतन्त्रले आफैले मत जाहेर गरेका छैनन ।
त्यसैगरी उपनगरप्रमुखमा काग्रेसकै लक्ष्मी कुमारी चौधरी ९०८८ मत ल्याई विजयी भएका छन । एमालेकी सुनाईना थरुनीले ८४८३ मत ल्याएर पराजित भएकी हुन । मओवादीकी पावर्तदेवी थरुनीले २३३४ मत ल्याएकीछन । जसपाकी सुमिन्त्री चौधरीले ३४०, लोसपाकी प्रमिला चौधरीले १५२, राप्रपाकी बिन्दुखान ठकुरीले १४९ र सुशासन पार्टीकी गंगादेवी चौधरीले ७० मत ल्याउन सकिन ।
बारा कोल्हवी नगरपालिकामा नेपाली काग्रेसले वडा अध्यक्ष जितेका पाँच रहेका छन । वडा नं. ३ किसुनदयाल चौधरी थारु ७३० , वडा नं. ६ दिनेश प्रसाद चौधरी ७२६ , वडा नं. ७ सलाउदिन अंसारी ८७५ , वडा नं. १० कुञ्जबिहारी चौधरी ९८७ , वडा नं. ११ नन्दर किशोर चौधरी ९०८ मत ल्याई विजयी भएका छन ।
त्यसैगरी नेकपा एमालेले पनि पाँच वडामा विजयी भएको छ । वडा नं. १ मा राजहरण चौधरी १५८५, वडा नं. २ मा गोपाल प्रसाद अधिकारी ७८४, वडा नं. ४ मा विष्णु प्रसाद मैनाली ७२३, वडा नं. ५ मा नन्द किसो चौधरी १२३१, वडा नं. ८ मा अनुप सुवेदी ८६२ मतले बिजयी भएका छन ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले एक वडाअध्यक्षमा जित निकालेको छ । वडा नं. ९ का दल बहादुर चौधरीले ५९२ मत ल्याई बिजयी भएका हुन ।