बहुमतमा रहेको एमाले निजगढ नगरपालिकामा नगरप्रमुख र उपप्रमुख सहित पाँच वडामा बिजय

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बहुमत जुटाउन नसक्दा नेपाली काग्रेससगको सहकार्यमै काम गर्नुपर्ने

निजगढ । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ अन्र्तगत निजगढ नगरपालिकामा नगरप्रमुख र उपप्रमुख र पाँच वडामा बिजय हासिल गरेपनि बहुमत भने जुटाउन सकेन । यसअघि २०७४को निर्वाचनमा उपप्रमुख सहित आठ वडाअध्यक्ष जितेको एमाललेले नगरप्रमुख र उपप्रमुख सहित बिजयी भएपनि बहुमत जुटाउन नसक्दा नेपाली काग्रेससगको सहकार्यमै काम गर्नुपर्ने भएको छ ।

निजगढ नगरपालिकामा नेपाली काग्रेस र माओवादी केन्द्रले गठबन्धन गरी एमाले बिरुद्ध २०७४ र अहिलेपनि निर्वाचनमा होमिएको हो ।

एमालेले वडा नं. ३ गोकुल तिमल्सिना , ५ का सुर्य बहादुर थापा, ६ का घनश्याम तिमल्सिना , ७ का टेकबहादुर लामा र १० का आशाकाजी श्रेष्ठ गरी पाँच वडाअध्यक्ष निर्वाचित भएका हुन ।

नेपाली काग्रेसका वडाअध्यक्षहरुमा वडा नं. १ का मंगले लोप्चन, २ का राजन श्रेष्ठ राजु , वडा नं. ४ को वडाअध्यक्षमा माओवादीका रुखबाट निर्वाचन लडेका बिसन सापकोटा , वडा नं. ८ का स्वर्ण लामा, ९ का रामचन्द्र कटुवाल , ११ सैया गुरो , १२ का ज्ञान बहादुर गोले र वडा नं. १३का सुर्य घलान गरी आठ वडाअध्यक्ष बिजय हासिल गरेको हो ।

स्थानीय निर्वाचन निजगढमा प्रमुख पाँच र उपप्रमुख चारपार्टीको जमानत जफत

 निजगढ नगरपालिकामा भएको स्थानीय तहको निर्वाचनमा पाँच पार्टीको जमानत जफत भएको छ । नगरप्रमुख पदमा नौ जनाले उम्मेदवारी दिएकोमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सुरथ पुरी ९४७५ मत ल्याई बिजयी भएका छन । त्यसैगरी उनका निकतम प्रतिस्पर्धि निजगढका यस अघिका नगरप्रमुख समेत रहेका नेपाली काँग्रेसका सुरेश कुमार खनालले ८७४३ मत ल्याई पराजित भए ।

बाकी सबै दलहरुले कुल मतको १० प्रतिशत पुराउन नसकेका कारण जमानत जफत भएको हो । सावित्रीदेवि भारती राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८४, सुरेश रुम्बा लामा जनता समाजवादी पार्टी नेपालले १४४, वेद प्रताप थापा मगर सामाजिक एकता पार्टीले ९१ मत , गीता कुमारी मैनाली उन्नएत लोकतन्त्र पार्टीले १४ मत, शंकर कुमार चिमरिया नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादीले ७ मत ल्याएका बारणजमानत जफत भएको हो । एक बहादुर श्रेष्ठं र युद्ध प्रसाद बजगाई स्वतन्त्र उम्मेदबार भएपनि समय सकिएपछि उम्मेदबारी फिर्ता गरेका कारण कुनै मत परेन ।

त्यसैगरी उपप्रमुखमा पनि चार पार्टीको जमानत जफत भएको छ । एमालेकी सोममाया थिङ्ग ८६५९ मत ल्याएर बिजयी भएकी हुन भने नेकपा माओवादी केन्द्रका रबिराज दङ्गालले ८५१५ मत ल्याएर पराजित भए । जमानत जफत हुनेमा रापप्राका बासुदेब तिमल्सिना ९५१, सामाजिक एकता पार्टीकी शुशिला थापामगर ९४ मत , जसपाकी चन्द्रा कुमारी राई ५२ मत र उन्नत लोकतन्त्र पार्टीका पुरुषोत्तम अधिकारीले २७ मत ल्याएर जमानत जफत भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content