काँग्रेसले उम्मेदवारी चयनमा विवादभएपछि गुमाएको फेटा गाउँपालिकामा रुस्तम अन्सारी बिजयी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 779 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको फेटा गाउँपालिकाको अध्यक्षमा नेपाली काग्रेसले जितेर पनि गुमाएको छ । उम्मेदबार चयनमा नेताहरुले लोकप्रिय भन्दा आफना मानिसहरुलाई टिकट दिन दवाब दिएपछि काग्रेस छाडेर विवेकशील साझा पार्टीबाट उम्मेदबारी दिएका रुस्तम अन्सारी निर्वाचित भएका छन् ।

उनले निवर्तमान गाउँपालिका अध्यक्ष एवं एमाले उम्मेदवार अमिरीलाल प्रसादलाई दुई हजार ८६ मत अन्तरले पराजित गर्दै रुस्तम विजयी भएका हुन् । ४४८५ मत ल्याउँदा अमिरीलालले २३९९ मत पाए । उपाध्यक्षमा पनि पनि विवेकशील साझाकै निलम साह निर्वाचित भइन् । ७ वटा वडामध्ये वडा नं ३ मा प्रल्हाद प्रसाद साह तेली १०५४ प्यानल सहित विजयी भएका छन् । वडा नं ६ मा अमीर हमजा ठकुराई ९५९१० दुई खुल्ला सदस्य र एक महिला सदस्य जितेका छन् । बाँकी ५ वडामा जसपा र लोसपाले २–२ वटा वडा जित्दा एउटा एमालेले जितेको छ ।

फेटा नै विवेकशील साझाले जितेको एक मात्र पालिका हो । ०५७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रुस्तमले पार्टि छाडेर अर्को पार्टीमा गएपनि निर्वाचन जितेका हुन । ०४९ सालमा भएको निर्वाचनमा उनका बुबा नुरैन अन्सारी कांग्रेसका पुराना नेता फेटा गाविस अध्यक्ष समेत भएका थिए । बाबुको पदचाप पछ्याएर राजनीतिमा होमिएका रुस्तम ०७४ को स्थानीय निर्वाचनमा निवर्तमान अध्यक्ष अमिरीलाल प्रसादसँग २९५ मत अन्तरले पराजित भएका उनले पार्टीको अन्तर्घातका कारण पराजित भएको बताएका थिए । यस पटक पनि काग्रेसमा अन्र्तघात हुने अबस्था देखेका उनले काग्रेसले टिकट दिएपनि वडाका उम्मेदवारहरुको विषयमा सहमति जुट्न नसकेपछि काग्रेस छाडेको बताएका छन ।

रुस्तमले उपाध्यक्षसहित ७ वटै वडामा आफूले रोजेको व्यक्तिलाई टिकट पाउनुपर्ने बताएपनि नहुने अबस्था देखेपछि उनले राजिनामा दिएर विवेकशील साझा रोजेका हुन । रुस्तमले कांग्रेस पार्टीका नेताहरुकै अघिल्तिर गाउँपालिका अध्यक्षको टिकट च्यातेर विवेकशील साझाबाट उम्मेदवारी दिएका हुन ।

 

रुस्तमका अनुसार विवेकशील साझाले मनोनयन दर्ताको १५ दिन पहिले नै पार्टीमा आउन प्रस्ताव गरेको भएपनि वर्षौं लगानी भएको पार्टी छोडेर जान ठीक नहुने भनेर अस्वीकार गरेकोमा फेरी उनले विवेकशील साझाबाटै उम्मेदबार बन्ने निर्णय गरेका थिए ।

 

आफ्नो योगदानको अवमूल्यन गरेपछि जनतासँगको परामर्श गरेर पार्टी परित्याग गरेको बताउँने रुस्तमले आफ्नो पालिकालाई स्मार्ट पालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।

 

‘अफताब आयल इम्पेक पेट्रोल पम्प र आकाश स्टोन क्रसर उद्योगका मालिक समेत रहेका उनी भन्छन्, व्यापारबाट करोडौं कमाउन सक्छु, त्यसलाई छोडेर जनता सेवा र गाउको विकासका लागि काम गर्ने प्रतिबद्धता ब्यपत गरेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content