पुर्व जनप्रतिनिधिहरुसगको सहकार्यतामा कसैलाई भेदभाव नगरी काम गर्ने– नव निर्वाचित नगरप्रमुख सुरथ पुरी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कसैलाई पक्ष विपक्ष र भेदभाव नगरी काम गर्ने नवनिर्वाचित उपप्रमुख सोममाया थिङ्ग

निजगढ । निजगढ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख सुरथ पुरीले पुर्व जनप्रतिनिधिहरुसगको सहकार्यतामा कसैलाई भेदभाव नगरी काम गर्ने बताउनु भएको छ ।

बाराको निजगढ नगरपालिकामा आज शुक्रबार निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण बितरण गर्ने कार्यक्रममा नगरप्रमुख पुरीले सो कुरा बताउनु भएको हो । उनले हामी धेरै जनप्रतिनिधि नयाँ आएकोले पुराना जनप्रतिनिधिहरुसग भएका अनुभव लिएर अगाडि बढ्ने बताउनु भएको हो ।

दम्भ र अहकार त्यागी पुर्व जनप्रतिनिधिहरुको अनुभव लिएर जनताको प्रतिनिधि भई काम गर्ने बताउनु भयो । हामीले दिने सेवा होस वा कुनैपनि काम कसैलेपनि प्रश्नचिन्ह खडा गर्न नसक्ने गरी काम गर्ने उहाँले प्रतिबद्धता ब्यप्त गर्नु भयो । एक पार्टीबाट बिजय भएपनि अब समान सबै नागरिकलाई समान ब्यबहार गर्दै सबैलाई समेटेर अगाडि बढ्ने उहाँले बताउनु भयो ।

निर्वाचन अधिकृतको कार्यालय निजगढका निर्वाचन अधिकृत शम्भु बरालको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा नगरप्रमुख पुरीले शासककारुपमा नभई सेवककोरुपमा काम गर्ने बताउनु भएको छ ।

प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित उपप्रमुख सोममाया थिङ्गले कसैलाई पक्ष विपक्ष र भेदभाव नगरी काम गर्ने बताउनु भएको छ । उनले जनताको सेवक बनेर काम गर्ने बताउनु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की , निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत उमेश सुवेदी लगायतले मन्तब्य ब्यप्त गर्दै शुभकामना ब्यप्त गरेका थिए ।

रोजी श्रेष्ठले सहजिकरण गरेको प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचित १३ वटै वडाअध्यक्ष सहित ६७ जनप्रतिनिधिहरुलाई निजगढका निर्वाचन अधिकृत शम्भु बरालले प्रमाणपत्र वितरण गरेका थिए ।

 

शेयर
प्रतिक्रिया
Skip to content