निजगढ काग्रेसद्धारा निर्वाचनमा पार्टीको नेता हराउने आरोपमा सात नेता कार्वाहीमा सिफारिस

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । नेपाली काग्रेस निजगढ नगर समितिले स्थानीय तहको सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन भुमिका खेलेको भन्दै तीन महासमिति सदस्य सहित जिल्ला सदस्य समेतलाई कार्वाही गर्न जिल्ला र केन्द्रलाई लेखी पठाउने निर्णय गरेको छ ।

नेपाली काग्रेस निजगढ नगर समितिका अध्यक्ष नबराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीहित विपरित कार्य गरेको प्रमाण सहित आएकाहरुलाई कार्वाहीको सिफारिस गर्ने निर्णय गरेको सभापति तिमल्सिनाले बताए ।

कार्वाहीको सिफारिस हुनेहरुमा महासमिति सदस्यहरु शम्भु बहादुर बुढाथोकी , पदम बहादुर भण्डारी, महेशी कुवर , जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, महाधिबेशन प्रतिनिधि राम कुमारी गोले, क्षेत्रिय सहसचिब प्रदिप कुमार उप्रेती र पुर्व जिल्लासदस्य रामचन्द्र जैसवाल रहेका छन् । उनीहरुले पाटीको तर्फबाट उम्मेदबार भएकाहरुलाई हराएर एमालेका उम्मेदबारलाई सहयोग गरेको आरोप लगाईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content