अभद्र व्यबहार गरेको भन्दै बारामा म्यादी प्रहरी आन्दोलित

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । स्थानीय तह निर्वाचनका लागि खटाईएका म्यादी प्रहरीमाथि अभद्र ब्यबहार भएको भन्दै बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक शुक्रबार अवरुद्ध गरी प्रदर्शन समेत गरेका थिए । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएपछि घटना साम्य भएको छ । एक म्यादी प्रहरीले बताए अनुसार म्यादी प्रहरीलाई निर्वाचन सम्पन्न भएपनि कडा डयुटी खटाउने , गाली गलौज गर्ने र अभद्र ब्यबहार गर्ने काम प्रहरीबाटै भएकोले आन्दोलनमा उत्रन बाध्य भएको बताए ।

शेयर
प्रतिक्रिया
Skip to content