कलैयामा नगरप्रमुख , उपप्रमुख र नौ वडाअध्यक्षमा नेकपा एमाले विजयी

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । कलैया उपमहानगरपालिकाको नगरप्रमुख , उपप्रमुख र नौ वडाअध्यक्षमा नेकपा एमाले विजयी भएको छ । सरकारमा रहेको नेपाली काग्रेस सहित पाँच दलिय गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार बिनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी नेपाली काँग्रेस बाराका सभापति समेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो अतान्तरले पराजित गरेका हुन् । यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा गरेका यादबले यस पटक पराजित भएका हुन । २०७४ मा प्रमुख ,उपप्रमुख दुवै नेपाली काँग्रेसले जितेको थियो ।
एमालेका जिल्ला अध्यक्ष समेत रहेका साहले शुरुदेखिनै उम्मेदबार भई एमाले पार्टीको अन्तरबिरोध कम गर्दै निर्वाचन जित्ने रणनिति बनाएका थिए । काग्रेसको भर्खरै सम्पन्न जिल्ला महाधिबेशन पछिको अन्र्तकलह बढेको र एकले अर्काको अस्तित्व नस्वीकार्दा कलैया निजगढ लगायत धेरै स्थानीय तहमा पराजय भोग्न बाध्य भएको बताईएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत प्राप्त गरेकी छन् । उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी जसपाका उमेदवार सबिधान सभाका सदस्य प्रमोद गुप्तालाई पराजीत गरेकी छन् । गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । उनी ९४९ मतले पछि परेका हुन ।

एमालेले जितेका वडाहरु

नेपाली काग्रेसले जितेका वडाहरु


जसपाले जितेका वडाहरु

शेयर
प्रतिक्रिया
Skip to content