सिम्रौनगढमा लोसपाका मेयर र उपमेयर बिजयी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 769 - पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा किशोरी प्रसाद कलवार र उपमेयरमा नजमु शेहर विजयी भएका छन् । मेयरमा निर्वाचित कलवारले ११ हजार १३७ मत ल्याउँदा नेपाली कांग्रेसका विजयशंकर यादवले ९ हजार ३११ मत ल्याउन सफल भए ।

उपमेयरमा लोसपाकी शेहरले ९ हजार ५७३ मत ल्याउँदा कांग्रेसकी रिताकुमारी देवीले ८ हजार ५० मत ल्याउन सफल भईन ।

शेयर
प्रतिक्रिया
Skip to content