निजगढ । सर्वोच्च अदालतले निजगढमा दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण नबनाउन आदेश गरेको भन्दै सबैतिरबाट बिरोध भएको छ । नेकपा माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन निकालेर बिरोध गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो । निर्णयको बिरोधमा सामाजिक सञ्जाल लगायत चारैतिरबाट बिरोध गरेका छन् ।
माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहिबार राति राँके जुलुश सहित विरोध प्रदर्शन गरेको हो ।
मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र राष्ट्रले समेत महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएकै कारण अदालतको निर्णय प्रति बिरोध गरिएको माओवादी केन्द्रका प्रदेश सदस्य रविराज दङालले बताए ।
उनले निजगढ विमानस्थल निर्माणले यहाँका तराई मधेशका जनता, मलुकको भाग्य र भविष्य उज्जवल हुने मात्रै नभई सोझै अन्य मुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण सरक्षणको नाममा सेटिडमा रोक लगाएको आरोप लगाएका छन ।
दंगालले भारतको इसारामा अदालतले गैरजिम्बेवारी प्रदर्शन गरेर न्यायालयको बदनाम गर्ने कार्य गरेको आरोप लगाए ।
वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो ।
निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेत र रञ्जुहजुर पाँडे समेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।