सिमरा । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् । त्यसो त नेपालमा पछिल्लो समय कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको हो ।
मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बाराका २५ सहित सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, कास्कीका २२, सप्तरी र बाँकेका १९र१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।
यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका तीन सल्लाहकार र स्वकीय सचिवलाई संक्रमण पुष्टि भएको छ । मुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण देखिएको हो । त्यसैगरीनेपाली काग्रेसका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्रीको सचिवालयमा रहेका ‘सुरक्षाकर्मी लगायत थुप्रैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ सगै ६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना०, सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ । सबैको अबस्था सामान्य रहेको छ ।