प्रेस युनियन बाराद्धारा अनाथ बालबालिकालाई सहयोग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 766 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल प्रेस युनियन बाराले संस्थाको स्थापना दिबशको अबसर पारेर बाराको कलैयामा रहेका अमृता अनाथालयका बालबालिकाहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादबको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी एक सय बिस किलो चामल, १५ किलो दाल , ५ किलो खाने तेल, फलफुल फ्रुटी लगायतको सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा अग्रज पत्रकार उमेशलाल दास, अमृता अनाथालयका सञ्चालक फुलमती बस्नेत, प्रेस युनियनका उपाध्यक्ष बसन्त खतिवडा, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतले स्थापना दिबश र अनाथ बालबालिकाका बारेमा मन्तब्य ब्यप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content