निजगढ । निजगढ नगरपालिकामा निर्वाचनको प्रक्रिया पूरा भएसंगै नगरपालिकाको नगर सभा र कार्यपालिकामा नेपाली काग्रेसको स्पष्ट बहुमत पुगेको छ । बहुमत जितेपनि नगर प्रमुख र उपप्रमुख भने नेकपा एमालेले जित हात पारेको छ ।
निजगढ नगरपालिकाको नगर कार्यपालिका सदस्य चयनका लागि आज सोमबार भएको निर्वाचनबाट नेपाली काग्रेसका आठै जना उम्मेदवार निर्वाचित भएका छन् । नगर सभा सदस्यले चयन गर्ने निर्वाचन प्रक्रियाबाट नेपाली काग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् ।
नगरपालिकाको नगर कार्यपालिका सदस्यमा नेपाली काग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ मान बहादुर डासेली र शर्मिला विश्वकर्मा र मैया कुमारी सुनार निर्वाचित भएका छन् ।
एमालेका चम्पा परियार, मनमाया विक, सन्तोष कुमार दनुवारले कुल ३१–३१ मत ल्याई पराजित भए । कसैले एक अर्काको मत तान्न सकेन । यसैगरी महिला सदस्यतर्फ नेपाली काग्रेसकी मिना चौरेल, मनमाया तामाङ, पवित्रा सुनुवार, फुलमाया लामा घलान र मनमाया मगर निर्वाचित भएका छन् ।
निर्वाचित भएका सबैले ३६–३६ मत पाए भने पराजित एमालेका सबैले ३१ –३१ मत ल्याएका थिए । नेपाली काग्रेसबाटै प्रतिनिधित्व गरी निर्वाचन लडेपनि माओवादी केन्द्रले आठ जनामा ४ जना कार्यपालिका सदस्य पाएको हो ।
यसैगरी महिला सदस्यतर्फ एमालेका पराजितहरुमा मनमाया श्रेष्ठ, मिना सुनार, आशा चौलागाई, चण्डिका उप्रती र भगवती घिमिरे थिए ।
नगर कार्यपालिका सदस्य चयनको निर्वाचनमा एमालेका बिरुद्ध नेपाली काग्रेस र माओवादी केन्द्रले गठबन्धन गरी निर्वाचन लडेका हुन ।
बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट नगरपालिकाको नगर सभामा एमालेबाट पाच वडाअध्यक्ष सहित ३१, कांग्रेसबाट आठ वडाअध्यक्ष सहित ३६ गरी ६७ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका हुन । जसमा रुखबाटै लडेपनि माओवादीबाट एक वडाअध्यक्ष सहित नौ सदस्य छन् ।
निजगढको कार्यपालिकामा नेपाली काग्रेसको आठ वडाअध्यक्ष सहित १६ एमालेको नगरप्रमुख उपप्रमुख र पाँच वडा अध्यक्ष सहित ७ जना गरी २३ सदस्यीय नगर कार्यपालिका बनेको हो । माओवादी केन्द्रको एक वडाअध्यक्ष सहित पाँच जना माओवादीका भएपनि वडाअध्यक्ष सहित सबै रुख चिन्हबाटै उम्मेदबार भई जित हात पारेका हुन ।
यता नगरप्रमुख सुरथ पुरी र उपप्रमुख सोम माया थिङ्ग सहित पाच वटा वडाबाट निर्वाचित वडाध्यक्ष कार्यपालिका सदस्यको हैसियतमा रहनेछन् ।
नेपाली कांग्रेसबाट आठ वडाअध्यक्ष सहित आठ निर्वाचित गरी २३ मा १६ भई बहुमतमा रहेको छ ।
यसैगरी कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसंगै नगरपालिकाको नगर सभामा नेपाली काग्रेसको संख्या ४४ पुगेको छ । दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका तीन जना स्वतः नगर सभाको सदस्य हुनेछन् । नगर सभामा एमालेको ३१ जना रहनेछन् ।
निजगढ नगरपालिकाको १३ वटा वडामा निर्वाचित वडाध्यक्षः
वडा नं. १ मंगले लोप्चन नेपाली कांग्रेस
वडा नं. २ राजन श्रेष्ठ नेपाली कांग्रेस
वडा नं. ३ गोकुल प्रसाद तिमल्सिना नेकपा एमाले
वडा नं. ४ विशन सापकोटा नेपाली कांग्रेस
वडा नं. ५ सुर्य बहादुर थापा मगर नेकपा एमाले
वडा नं. ६ घनश्यारम तिमल्सिना नेकपा एमाले
वडा नं. ७ टेक बहादुर लामा नेकपा एमाले
वडा नं. ८ स्वर्ण लामा नेपाली कांग्रेस
वडा नं. ९ रामचन्द्र कटुवाल नेपाली कांग्रेस
वडा नं. १० आशा काजी श्रेष्ठ नेकपा एमाले
वडा नं. ११ सहइया गुरो थारु नेपाली कांग्रेस
वडा नं. १२ ज्ञान बहादुर गोले नेपाली कांग्रेस
वडा नं. १३ सुर्य घलान नेपाली कांग्रेस