निजगढ । निजगढ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सुरथ पुरीले सर्वोच्च अदालतको फैसला दुरासयपुर्ण रहेको बताउनु भएको छ ।
अदालतको फैसला विभेदपुर्ण र विकास बिरोधी भएको बताउदै फैसलामा देशी बिदेशीहरुको चलखेल रहेको आरोप लगाउनु भयो । फैसला सच्चाउन र कार्यपालिकाको कार्यक्षेत्र माथिको हस्तक्षेप बिरुद्ध सबै आन्दोलनमा उठनु जरुरी रहेको उहाँले बताउनु भयो ।
निजगढ उद्योग बाणिज्य संघको आयोजनामा निजगढमा भएको बृहत भेलालाई सम्बोधन गर्दै नगरप्रमुख पुरीले सो कुरा बताउनु भएको हो ।
संघका अध्यक्ष रामकृष्ण नेपालको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका पुर्व मन्त्री पुरुषोत्तम पौडेल अदालतका न्यायधिसहरुले कार्यपालिकाको अधिकार हस्तक्षेप मात्र नभई विकास बिरोधी देश द्रोही काम गरेको आरोप लगाए ।
एमालेका केन्द्रिय सदस्य अच्युत मैनालीले न्यायधिसहरुले स्थलगत अध्ययननै नगरी हचुवाका भरमा आदेश आएको बताउनु भयो ।
पुर्व नगरप्रमुख सुरेश कुमार खनालले आन्दोलन शसत्त बनाएर लैजानु पर्ने बताए ।
राखेपका पुर्व सदस्य सचिब युवराज लामाले अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार नेपालमा एउटापनि विमानस्थल नभएका कारण यो निर्माणको विकल्प नभएको बताए ।
कार्यक्रममा पुर्व उपप्रमुख लिला लामिछाने खनाल, एमाले नेता एक बहादुर श्रेष्ठ, कोल्हवी सरोकार समितिका ढुण्डीराज उप्रेती , राप्रपाका पुर्व केन्द्रिय सदस्य बिनोद भारती , होटल ब्यबसायी मोहन शर्मा लगायतले मन्तब्य ब्यप्त गरेका थिए ।
त्यसैगरी नेपाली काग्रेसका नेता शम्भु बहादुर बुढाथोकी, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , एमाले नगर अध्यक्ष तिलक घलान, नेपाली काग्रेसका नगरसभापति नवराज तिमल्सिना, माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दङगाल, राप्रपाका नगर अध्यक्ष खड्ग उप्रेती, नेकपा समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा, समाजवादीका मोजहर मन्सुर, उद्योग बाणिज्य संघका उपाध्यक्ष निर्मल भण्डारी लगायतले अदालतको आदेशको बिरोध गर्दै शसक्त आन्दोलन गर्नुपर्ने कुरामा जोड दिए ।
निजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण रोक्ने अदालतको आदेशको बिरोधमा भएको भेलामा कसले के भने भिडियोमा सुन्न सकिन्छ