तामागढी कोल्हवी सडक खण्डमा फेरी सवारी दुर्घटना, एक गम्भीर घाईते

तराइ संचार
तराइ संचार 954 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सागर घोरसाईने
कोल्हवी । बाराको कोल्हवी नगरपालिका वडा नं २ भलुवाईखोरमा आज बिहिबार बिहान भएको सडक दुर्घटनामा अटो चालक ईश्वर चौधरी गम्भीर गाईते भएका छन्।
तामागढी कोल्हवी हुलाकी मार्ग सडक खण्डमा बाराको पचरौता बाट कोल्हवी हुदै निजगढ तर्फ गईरहेको बा. १९ च ३९०९ नम्बरको कलेजी रङको कारले निजगढ बाट कोल्हवी आउदै गरेको प्रदेश २–०३–००१ ह ७२९ नम्बरको निलो अटो लाई ठक्कर दिदा अटो चालक बटौलिया निवासी चौधरी घाईते भएका हुन ।

चालक चौधरीलाई टाउको मा चोट लागेर उपचारको लागि कोल्हवीमा रहेको जननायक अस्पतालमा लगिएको अस्थाई प्रहरी पोष्ट झुरझुरका प्रहरी हवलदार पकंज शर्माले बताए ।

दुर्घटनामा परेको कारमा ४ जना सवार भएका र सबै सकुशल रहेको र अटोमा भने अटो चालक मात्र रहेको अस्थाई प्रहरी पोष्ट झुरझुरले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको अटो पुर्ण रुपमा क्षति भएको छ भने कार मा केही क्षति भएको छ। दुर्घटनाग्रस्त दुबै सवारी साधन र कार चालक निजगढ ७ निवासी दिननाथ साह झुरझुर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content